भिम चौधरीकैलाली । माया बिकको बलात्कारपछि हत्या मुद्दामा चार जनालाई जन्मकैद फैसला भएको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–११, कटानकी २१ वर्षीया माया बिकको बलात्कारपछि हत्या गरेको आरोप लागेका चार जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले जन्मकैद फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले गौरीगंगा नगरपालिका–११ का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई बलात्कारपछि हत्या गरेको भन्दै दोषी ठहर गरेर जन्मकैदको फैसला गरिएको जिल्ला अदालत कैलालीका तहसिलदार नरबहादुर नेगीले बताउनुभयो । चारै जनालाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम सजाय भएको तहसिलदार नेगीले बताउँनुभयो ।
मुद्दामा थप एक जनालाई पाँच वर्षको कैद सजाय हुने फैसला गरिएको छ । घटनामा संलग्न नभएको तर प्रत्यक्ष थाहा पाए पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पाँच वर्ष कैद सजाय फैसला भएको नेगीले बताउँनुभयो । माया बिकको बलात्कार गरी हत्या घटनामा पाँच जनाविरुद्ध जबरजस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको थियो ।
अपहरण, बलात्कार त्यसपछि हत्यागौरीगंगा नगरपालिकामा सामाजिक परिचालिकाको नियुक्ति पाएको साता दिन नपुग्दै गौरीगंगा नगरपालिका–११, कटानकी २१ वर्षीया माया बिक अपहरणमा परिन्, बलात्कार भईन् र सोही दिन उनको हत्या भयो । गत वर्ष असार ३ गते सामाजिक परिचालिकाको रुपमा नियुक्ति बुझेकी माया बिक असार ५ गते काममा लागेकी थिईन् । असार १२ गते कामका लागि निस्केकी माया बीच बाटोमै अपहरणमा परिन् ।
गौरीगंगा नगरपालिका–११ मा पर्ने चपरतल्ली सामुदायिक वन हुँदै जाने बाटोमा ढुकेर बसेका उनीसँगै काम गर्ने साथीसहितको समूहले उनलाई अपहरण गरे । विहान ९ बजेदेखि नै बाटोमा ढुकेर बसेकाहरु साढे ९ बजे त्यहाँ पुग्दा अपहरणमा परिन र बाटोबाट करिब तीन सय मिटर दूरीसम्म उनलाई घिसार्दै लगे । एक÷एक गरी मायाको बलात्कार भयो । उनैले लगाएको सुरुवालले दुवै हात बाँधेर, कागज र पाट कोचेर डुपट्टाले मुख बाँधेर एकपछि अर्कोले बलात्कार गर्ने क्रममा उनको मृत्यु भयो । तेश्रो व्यक्तिले करणी गरेर चौथोले करणी गर्दा मायाले प्राण त्यागिन् । तिनीसंगै काम गर्ने साथीले ८ गते यौन प्रस्ताव राखेको भएपनि मायाले अस्वीकार गरेकी थिईन् । म दलित मान्छे तपाई विवाहित भएको भन्दै मायाले हप्काएकी थिईन् । ११ गते पुनः तिनै व्यक्तिले जवरजस्ती गर्न खोजेपछि पुनः मायाले हप्काएको थिईन । पटक पटक यौनको प्रस्ताव गर्दा पनि अस्वीकार गरेपछि बलात्कारपछि हत्या योजना बनेको थियो ।
यसरी गरिएको थियो अनुसन्धानकामको शिलशिलामा असार १२ गते बिहान घरबाट निस्केकी गौरीगंगा नगरपालिका–११ कटानकी २१ वर्षीया माया बिक घरमा आइनिन् । उनको फोन स्वीच अफ देखाईरहेको थियो । छोरी काममा गएकी छे उतै साथीको घरमा बसेकी होली भनेर परिवारले खासै चासो देखाएनन् । १३ गते रातिसम्म पनि माया सम्पर्कमा नआएपछि उनका परिवार जनले खोजीकार्य अगाडि बढाए । १४ गते मायाका आफन्तले छोरी हराएको निवेदन इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता गराए । निवेदन दर्तासँगै इलाका प्रहरी कार्यालय मसुरियाले जिल्लालाई समेत जानकारी गरायो । स्थानीयस्तरमा प्रहरीले खोजीकार्यलाई त्यस बेलासम्म तीव्रता दिईसकेको थियो तर, मायाको अत्तोपत्तो नै भने लागेको थिएन ।
१५ गते परिवार जनले धनगढी उपमहानगरपालिका–५ जाईका एक व्यक्तिले मायाको साईकल चलाउँदै गरेको अवस्थामा फेला पारे । सोधपुछ गर्दा ति व्यक्तिले आफू ससुराली आएको र गाई गोरु चराउँदै गर्दा जंगलमा साईकल भेट्टाएको जानकारी गराए । त्यस बेलासम्म मायाका परिवारले प्रहरीलाई खबर गरिसकेका थिए । केही समयमा इलाका प्रहरी कार्यालय मसुरियाबाट दुई जना प्रहरी पुगे । प्रहरी, साईकल भेट्टाउने व्यक्ति र प्रहरी साईकल भेट्टिएको स्थान नजिक पुग्नै लाग्दा गन्ध आयो । गन्धलाई पन्छाउँदै जाँदा मायाको शव भेट्टियो । मुखमा कागज र पात कोचेर डुपट्टाले मुख र हात सुरुवालले बाँधिएको अवस्थामा लाश भेट्टिएपछि मायाका आफन्त आक्रोशित भए । उनीहरुले मायासंगै घरधुरी सर्वेक्षणको काम गर्ने ३० वर्षीय गणेश बडुवाल र उमेश चौधरीलार्ई खोजिरहेका थिए । प्रहरीले सुईको पाएपछि सँगै रहेका गणेश र उमेशलार्ई आक्रोशित परिवारले केही घट्ना घटाउन सक्छन् भन्दै आफ्नो नियन्त्रणमा राखे ।
केही समयमै जिल्ला प्रहरी कार्यालय धनगढीले दुवै जनालाई धनगढी ल्याईसकेको थियो । सोही दिन अर्थात असार १५ गते नै मुचुल्का बनाएर प्रहरीले पोष्टमार्टमका लागि मायाको शव सेती अञ्चल अस्पताल पठाउँने काम इलाका प्रहरी कार्यालय मसुरियाले गरिसकेको थियो । शव भेटिएसँगै अपराधीहरुको खोजीमा तीव्रता दिएको इलाका प्रहरी कार्यालय मसुरियाले त्यसको केही दिनपछि अर्थात असार १९ गते विशाल थपा, शीशिर बोगटी र सुरज कठायतलाई नियन्त्रणमा लिएर सोधपुछ पछि रिहा गरिदियो । २० गते प्रहरीले पुनः सुरज चौधरी, भुवन खाती, तपेन्द्र बोगटी लगायत १० जनलाई नियन्त्रणमा लिएर जिल्ला चलान ग¥यो । प्रहरीको योजना थियो धरपकड गर्दा सो गाउँबाट कोही नभागोस् भन्ने चाहना थियो । चालेको चाल जस्तै भयो घट्ना पछि दिल्ली भागेका मनोज बोगटीलाई उनको परिवारको सहयोगमा असार २१ गते धनगढी ल्याउँन सफल भयो । मनोजलाई नियन्त्रणमा लिनु नै प्रहरी अपराधीहरुको नजिक पुग्नु थियो । सोधपुछ गर्दा मायाको मोवाईल बोगटीले लिएर आफ्नो दिदीलाई राख्न दिएको अवस्थामा फेला प¥यो । अनुसन्धान टोली नै खटाएर घट्नालाई तत्काल समाधानको लागि सक्रिय भएको प्रहरीले बोगटीलाई पक्राउँ गरेसँगै अन्य अपराधीहरु तत्काल समाउँन सफल भयो ।
अपहरण, बलात्कार र हत्याका मुख्य योजनाकार माया बिकसँगै घरधुरी सर्वेक्षण गर्ने ३० वर्षका गणेश बडुवाल, घटनामा संलग्न २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षको भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई प्रहरीको नियन्त्रण राखेर अनुसन्धान गरेको थियो ।
यस्तो थियो मायाको सपनाकैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ जरही कटान दलित वस्तीबाट एसएलसी उत्तिर्ण गरेर कक्षा १२ सम्मको अध्ययन गर्ने २१ वर्षीया माया बिक पहिलो र एक मात्र किशोरी थिइन् । परिवारको समेत एक्लो छोरी थिईन् माया । उनले एसएलसी पास गर्दा गाउँमा खुशियाली मनाउँदै मिठाइ समेत बाडिएको थियो थियो । मायाले एसएलसी पास गरेपछि जरही कटान दलित वस्तीमा एउटा विरुवा रोपिएको थानेका त्यहाँका बासिन्दाले । मायाको हत्यापछि परिवार मात्र होईन पूरा गाउँ नै शोकाकुलसँगै आक्रोसित थिए ।
छोरा छोडेर छोरीलाई पढाएका माया बिक भन्दा जेठा एक जना दाजू र कान्छा एक जना भाइ छन् । चरम गरिबीका कारण दुबै दाजु भाइले १० सम्म पनि पढ्न पाएनन् । माया घर कि एक मात्रै छोरी । बिगतमा छोरालाई विद्यालय जान दिएर छोरीलाई घरमै राख्ने चलन तोड्दै मायाका परिवारले मायालाई विद्यालय भर्ना गरे । चरम गरिबीले तीनै जनालाई पढाउन सम्भव भएन दुई दाजु भाइ बीचमै पढाई छोडे, मायालाई परिवारले पढाइ छोड्यो ।
मायाका बुवा हर्बबहादुर बिक दीर्घ रोगी छन् । आमाले कुबेत गएर छोरी पढाइन् । पाचँ वर्ष कुबेतको बसाइपछि छोरीले एसएलसी पास गरिन् । आमा गद्गद् हुँदै बिदामा नेपाल आइन् । आमालाई विदेश नजान मायाले सुझाव दिइन् । यही आफूले कमाउने र पाल्ने बाताइन् । मायाले तलब बुझेर आमालाई सरप्राईज दिने बताएकी थिईन् । तर, तलब नबुझ्दै यो संसारबाट बिदा भईन् । दलित वस्तीबाट छोरीले एसएलसी पास गरेपछि वस्तीभरि खुशियाली मनाईएको थियो ।