Logo फाल्गुन १३, २०७७ बिहीबार


शेयर बजारमा १० खर्ब डुब्यो, अब के होला त ?

काठमाडौं । शेयर बजारमा पछिल्ला दिनमा लगानीकर्ताको दश खर्ब रुपैयाँ डुबेको सरोकारवालाहरुले बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा शेयर बजारका जानकार अम्बिकाप्रसाद पौडेलले पछिल्ला दिनमा शेयर बजारमा दश खर्ब रुपैयाँ लगानी डुबेको बताउनु भएको हो ।

यद्यपी पछिल्ला दिनमा शेयर बजार परिसूचक (नेप्से)मा सुधार हुँदै गएकाले डुबेको रकम उठ्ने वातावरण बन्दै गएको उहाँले बताउनुभयो ।

नेपाल धितोपत्र वोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले शेयर बजारलाई व्यवस्थित गर्न ऐन कानूनहरु निर्माण भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै नेपाल स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले नबुझिकन शेयर बजारमा लगानी गर्ने सर्वसाधारणका कारण पनि समस्या आएको औल्याउनुभयो ।

शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले शेयर लगानीकर्तालाई सरकारले कुदृष्टि राख्ने गरेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…