गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१.राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन ।२.राष्ट्रपति भण्डारीद्धारा रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन ।३.चीन सरकारको सहयोगमा पूर्ननिर्माण भइरहेको दरबार हाइस्कुलको पनि राष्ट्रपति भण्डारीद्धारा अवलोकन ।४.एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको दरबार हाइस्कुलमा चिनियाँ राजदूत यान्छीले गर्नुभयो राष्ट्रपतिलाई स्वागत ।५.पूनर्निर्माणले गति लिएको समयमा राष्ट्रपतिको भ्रमणले अत्यन्तै महत्व राख्ने राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाललीको भनाइ ।६.बैैसाख १२ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरहरा निर्माणको काम द्रुत गतिमा अगाडी बढिरहेको काठमाडौ महानगरद्वारा जानकारी ।७.हरेक एक हप्तामा एक तला थप्ने योजनाका साथ काम भइरहेको धरहराको अहिले सातौ तला भइरहेको छ निर्माण ।८.राज्य संयन्त्रले देशवासीको मर्म नबुझ्दा मुलुकले उन्नती गर्न नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको भनाइ ।९.देश निर्माणमा अतुलनिय योगदान पु¥याउने मूलवासी आदिवासी जनजातिलाई सरकारले बुभ्mन नसकेको मन्त्री त्रिपाठीद्वारा स्वीकार ।१०.संविधानको प्रस्तावनाले देशवासीको सुन्दर चित्रण गरेपनि राज्यले उनीहरुको मर्म नबुझेको भनाइ।११.सरकारले संञ्चालन खर्च मात्र विनियोजन गरेर प्रतिष्ठानलाई अन्याय नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको गुनासो ।१२.संघीय संरचना अनुसार सातै प्रदेशमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान शाखा स्थापना गर्नुपर्ने गुरुङको धारणा ।१३.ललिता निवास प्रकरणमा अख्तियारको कदमलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको राप्रपा अध्यक्ष कमल थापाको भनाई ।१४.निर्दोष फस्न नहुने र दोषि उम्कन नहुने अध्यक्ष थापाको तर्क ।१५.अदालतले निर्दोषलाई सफाई र कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप गर्ने विश्वास ।१६.अख्तियारलाई थप शक्तिशाली बनाउन माग गर्दै एनसेल काण्ड, वाईडबडी, सुन तस्करीलगायतका काण्डहरुको पनि छानविन गर्न अख्तियारलाई आग्रह ।१७.अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी जनतालाई द्विविधामा पारेको टिप्पणी ।१८.संविधान संशेधन तथा पहिचान सहितको छलफलमा थरुहटको पहिचानलाई मध्यनजर नगरेको थरुहट थारुवान राष्ट्रिय मोर्चाको आरोप ।१९.थरुहट थारुवानको पहिचानलाई संविधान संसोधनबाट पछाडि पारेकोले सम्पुर्ण थरुहट एकभएर अघि बढ्नु पर्ने मोर्चाका राष्ट्रिय संयोजक लक्ष्मण थारुको भनाई ।२०.दुई तिहाइको सरकार हुँदा पनि थरुहटका विषयमा चासो नदिएको गुनासो गर्दै संयोजक थारुद्धारा आफूहरुसँग भएका सम्झैता कार्यान्वयन गर्न आग्रह ।२१.सरकारको संसोधन कमजोर भएकोले आदिवासी जनजातिहरुको पहिचान बचाउन आन्दोलनमा जाने आदिवासी जननातिका अभियान्ता डा. ओम गुरुङको चेतावनी ।२२.सूचना प्रविधि विधेयक फिर्ता गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन ।२३.सरकारले आफ्ना गल्ती कमजोरी लुकाउन विधेयक ल्याएर जनताको मुखमा बुझो लगाउने काम गरेको प्रदर्शनकारीहरुको आरोप ।२४.विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रामै अंकुश लाग्ने अभियन्ताहरुले आरोप ।२५.सूचना प्रविधि विधेयकमा नागरिकको मौलिक हक हनन हुने प्रावधान राखिएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रनु परेको अभियन्ताहरुको भनाइ ।२६.सरकारले ल्याएको सूचना प्रविधि विधेयक राष्ट्रिय सभाबाट पारित भएपनि प्रतिनिधिसभामा पेश हुन बाँकी ।२७.पर्यटन मन्त्री योगेश भट्टराईद्वारा कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर १६ स्थित बन्द अवस्थामा रहेको मझँगाउ विमानस्थलको अनुगमन ।२८.दुई दशकदेखि बन्द रहेको मझँगाउ विमानस्थल पुनः सञ्चालनमा ल्याउने मन्त्री भट्टराईको आश्वासन ।२९.स्थानीय, प्रदेश र संघीय सरकार गरी तीन वटै सरकारको लगानीमा विमानस्थल पुनः सञ्चालनमा ल्याउने जानकारी ।३०.मन्त्री भट्टराईद्वारा मझँगाउ विमानस्थल संरक्षणका लागी तारजालीको पनि शिल्यान्यास ।३१.महाकाली नदीमा निमार्णाधीन ४ लेनको पुल र ६ लेनको सडकको पनि मन्त्री भट्टराईद्वारा अनुगमन ।३२.कञ्चनपुरको कञ्चभोजमा रहेको सुख्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिम प्रदेशको आर्थिक विकासको ढोका खुल्ने उद्योग मन्त्री लेखराज भट्टको भनाई ।३३.केही स्थानीय बासिन्दाले सुख्खा बन्दरगाह निर्माणमा अवरोध सृजना गर्न खोजेको प्रसंग उल्लेख गदै मन्त्री भट्टद्धारा बन्दरगाह निर्माणमा सघाउन सबैलाई आग्रह ।३४.कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ७ मा रहेको बन्दरगाह नबने दैजीमा बन्ने औधोगिक क्षेत्र प्रभावित हुने भट्टको तर्क ।३५.प्रस्तावित बन्दरगाह भारतको राजधानी दिल्ली, गुजरात, गुडगाँव, मुम्बई पोर्टलगायतका चर्चित औद्योगिक क्षेत्र दोधाराबाट नजिक रहेको मन्त्री भट्टद्धारा उल्लेख ।३६.नेपाल कानुन व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान सम्पन्न ।३७.४८ प्रतिशत मत खसेको निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालको भनाई ।३८.देशभरबाट करिब १० हजार ३ सय ४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले गरे मतदान ।३९.प्रत्येक प्रदेशबाट १–१ जना पार्षद पदका लागि सात प्रदेशबाट दुई–दुई जना गरी १४ ले दिएका छन् उम्मेदवारी ।४०.सिन्धुपाल्चोकको टिकेनी प्रहरी चौकीमा अज्ञात समूहद्वारा आक्रमण, दुई प्रहरी घाइते भएका छन् ।४१.घाइते हुनेमा चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर ।४२.१०÷१२ वटा मोटरसाइकलमा आएको समूहले अन्धाधुन्ध प्रहरी चौकीमा ढुंगामुढा गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनको भनाइ ।४३.प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको पनि एसपी महर्जनद्वारा जानकारी ।४४.आक्रमणमा संलग्न रहेको आशंकामा दुई वटा मोटरसाइकल र एक जनालाई नियन्त्रणमा लिईएको प्रहरीको भनाइ ।४५.मुलुकका १३ जिल्लामा हात्तिपाइविरुद्धको औषधी खुवाइँदै, बाँकेमा औषधी सेवन नगर्नेलाई स्थानीय तहका सेवासुविधाबाट वञ्चित गराइने ।४६.बाँकेका सबै स्थानीय तहरुमा पनि हात्तिपाइलेको औषधी खुवाउन जनप्रतिनिधीहरु स्वयम सहभागि ।४७.वि.सं. २०७६÷०७७ को तथ्यांक अनुसार बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ र ६ को रझेना गाँउमा १८ प्रतिशतमा हात्तिपाइलेको जोखिम देखिएको कोहलपुर नगर स्वास्थ्य कार्यालयद्वारा जानकारी ।४८.यसैवर्ष हात्तिपाईले निर्मुल पार्ने कोहलपुर नगरपालिकाको योजना ।४९.यो साता नेपाल स्टक एक्चेन्जमा ७ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार ।५०.यो गत साताको तुलनामा १२.९७ प्रतिशतले बढी ।५१.सातामा १ सय ८३ कम्पनीको २१ लाख कित्ता सेयर कारोबार ।५२.गत बिहीबारको तुलनामा सेयर बजार परिसूचक नेप्से ८ अंकले बढ्यो भने आइतबारको तुलनामा करिब १३ अंकले गिरावट ।५३.यो साता नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी २७ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार ।५४.कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीलाई नेको इन्स्योरेन्स कम्पनी, सूर्यलाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकले क्रमशः पच्छ्याए ।५५.नेपाल राष्ट्र बैंकद्धारा ९१ दिने अवधिका लागी १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने तयारी ।५६.माघ २७ गते सोमवार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको बैंकको भनाई ।५७.सोमवार विक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्क हुने ।५८.मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रम आफूहरुले माग गरेर पनि नपाएको भन्दै डडेल्धुराका किसान आन्दोलित ।५९.डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ डमरकोटका कृषकहरुले कृषि ज्ञान केन्द्र डडेल्धुरामा बुझाए ज्ञापन पत्र ।६०.पहुचँका आधारमा आफुहरुलाई जानकारी नै नदिई कार्यालयले कृषि कार्यक्रम कार्यान्वय गरेकोमा किसानहरुको आपत्ति ।६१.आलुखेती गरेको जमीन यो मौसममा तरकारी खेतीका लागि बाँझो रहेकाले तत्काल कृषकका गतिविधि सुरु हुनेपर्ने कृषकहरुको माग ।६२.आन्दोलित कृषक समुह पर्नेस्थानमा धानखेतीका लागि उपयुक्त भएकाले तरकारी खेतीका लागि छनोट नभएको कृषि ज्ञान केन्द्रको भनाइ ।६३.दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ इलाममा सुरु ।६४.भेलाले दलित प्रतिनिधिहरुले पाएको अवसर र चुनौतीका विषयमा छलफल गरिरहेको आयोजक समितिका अध्यक्ष नवराज संकरद्धारा जानकारी ।६५.प्रदेश १ का ४ सय दलित जनप्रतिनिधिसहित छिमेकी देश भारत र भुटानबाट पनि दलित अभियान्ताको सहभागिता ।६६.कार्यक्रमले दलितको आर्थिक र सामाजिक विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा ।६७.दाङ, तनहुँ, चितवन, मकवानपुर, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, कपिलवस्तु लगायतका जिल्लामा व्यवसायिक मौरी पालन गर्नेको संख्यामा बृद्धि ।६८.कपिलवस्तुमा महको उत्पादनसँगै निर्यात बढेपनि मौरी जोगाउन किसानलाई सकस ।६९.चरन क्षेत्रको अभाव, फलफूल तथा तरकारीमा बढ्दो विषादीको प्रयोगले कपिलवस्तुलगायत देशभरका किसानलाई मौरी बचाउनै मुस्किल ।७०.मौरीपालनको पर्याप्त सम्भावना भएकाले अन्य व्यवसाय छाडेर मौरीपालनमा लागेको किसानको भनाई ।७१.फूलको परागसेचन प्रक्रिया र उत्पादन बृद्धिमा मौरी चरनले सहयोग पुग्ने भएपनि किसानलाई यस सम्बन्धी ज्ञान अभाब भएको विज्ञको भनाई । ।७२.मौरीपालन प्रवद्र्धनकै लागि सरकारले बिमा लगायतका व्यवस्था गरे पनि झन्झिटिलो प्रक्रियाले व्यवसायी मारमा परेको विज्ञको तर्क ।७३.प्रदेश नम्बर दुईको सबैभन्दा पुरानो र ठूलो अस्पताल नारायणी उपक्षेत्रीय अस्पतालको अवस्था दिनप्रतिदिन खस्कँदै ।७४.अस्पताल सञ्चालक र औषधि अभावका कारण अस्पतालको अवस्था दयनीय बन्दै ।७५.अस्पतालमा रहेको ८ करोड पर्ने सिटिस्क्यान मेसिन समेत बिग्रियो ।७६.सिटिस्क्यान मेसिन नहुँदा बिरामीहरु महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य ।७७.संघ र स्थानीय तहले अस्पतालको सुधारमा ध्यान नदिँदा समस्या निम्तिएको स्थानियको गुनासो ।७८.अस्पतालमा बिग्रिएका सामानलाई मर्मत गर्न रकम अभाव भएकाले मन्त्रालयलाई गुहारिएको अस्पतालको भनाई ।७९.जिल्ला प्रहरी कार्यालय सुर्खेतद्धारा लागूऔषध सहित झण्डै ३ लाख रुपैयाँ जफत ।८०.माघ २१ गते साँझ ५ बजे वीरेन्द्रनगर–६ गणेशचोकबाट ३ जनालाई लागूऔषध र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतकाद्धारा जानकारी ।८१.पाँचथरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते ।८२.पाँचथरको हेँवा खोलादेखि फिदिमतर्फ आइरहेको ग १ त ३७९९ नम्बरको ट्याक्टर थापाटारमा पल्टिदा चालकका भएको होे मृत्यु ।८३.चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको ‘कोरोना भाइरस’का कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो ।८४.मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुद्धारा पुष्टि ।८५.कोरोनाका कारण चीनबाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु ।८६. डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार वुहानमा पहिलोपटक देखापरेको नयाँ कोरोनाभाइरसको संक्रमण विश्वभर फैलियो ।८७.कोरोनाभाइरसबाट अतिप्रभावित क्षेत्र मानिने वुहानमा ११ हजार स्वास्थ्यकर्मी थप गरेको चीन सरकारको भनाई ।८८.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारी बर्खास्त ।८९.युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धका विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जेण्डर भिण्डम्यान बर्खास्त ।९०.भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले अमेरिकी राजदूत सण्डल्याण्डलाई बोलाएका हुन फिर्ता ।९१.आफ्ना प्रतिष्पर्धीविरुद्ध युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध महाभियोग भएको थियो दर्ता ।९२.विपक्षीको बहुमत रहेको तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएपनि रिपब्लिकनको पकड रहेको माथिल्लो सदन सिनेटबाट ट्रम्पले पाएका थिए सफाइ ।९३.अमेरिकी सेनाले यमनमा गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरी मारिएको अमेरिकाको दाबी ।९४.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विरोधी अभियान चलाएको र अल कायदाका नेता कासिम अल–रिमीलाई पराजित भएको व्हाइट हाउसद्वारा जारी विज्ञप्तीमा उल्लेख ।९५.रिमीमाथि यमनमा आम नागरिकहरू विरुद्ध अपराध गरेको र अमेरिकाका सेनाहरूमाथि आक्रमण गरेको आरोप ।९६.पाकिस्तानी विद्यार्थी मलाला युसफजाइ लगायत सयौं स्कुले विद्यार्थीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका तालिवान विद्रोही समूहका लडाकु जेलबाटै भागे ।९७.आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालको आफ्नै भूमिमा पहिलो जित ।९८.त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालद्धारा अमेरिकालाई ३५ रनले पराजित ।९९.टस जितेर पहिले फिल्डिङ गरेको अमेरिकालाई नेपालल दिएको थियोे १९१ रनको लक्ष्य ।१००.नेपालका लागि करण केसीले ४, सुशन भारीले ३ र सन्दीप लामिछानेले २ विकेट र कुशल मल्लले लिए १ विकेट ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ ०३:४६