आइसीसीमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नै भूमिमा पहिलो जित दर्ता गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अमेरिका विरुद्धको खेलमा नेपालले जित दर्ता गरेको हो । त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित ग¥यो । टस जितेर पहिले फिल्डिङ गरेको अमेरिकालाई नेपालले १९१ रनको लक्ष्य दिएको थियो । अमेरिकालाई ४४ औं ओभरको पहिलो बलमा अलआउट गर्दै नेपालले जित दर्ता गरेको हो । नेपालका लागि करण केसीले ४, सुशन भारीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका लागि इयान होलाण्डले अर्धसतकिय पारि खेल्दै ७५ रन जोडेपनि टोलीको हार टार्न सकेनन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले अन्तिम ओभरको दोस्रो बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धसतक प्रहार गर्दै इनिङ्स उकासेका थिए । विनोदले ६२ बलमा ५१ रन बनाए । कुशलले डेब्यु खेलमै कुशलले पहिलो अर्धसतक प्रहार गर्दै ५० रन जोडे । कुशलको अर्धसतकले विश्व कीर्तिमान समेत बनाएको छ । सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् । आजको खेलमा ज्ञानेन्द्र मल्ले २१, पारस खड्काले १९ र करण केसीले १२ रन बनाएका थिए । अमेरिकाका लागि क्यामरुन स्टेभेनसनले ३ तथा रुस्ती थोरेन र कप्ता सौरभ नेत्राभाल्करले समान २—२ विकेट लिए । जितसँगै नेपालले दुई खेलबाट २ अंक जोडेको छ ।

लिग अन्तर्गत १० खेलबाट १२ अंक जोडेको अमेरिका रनरेटका आधारमा शीर्ष स्थानमा कायमै रहेको छ । ओमान ८ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सन् २०२३ मा हुने विश्वकप छनोटका रुपमा हेरिएको लिगमा नेपालले अब ओमान र अमेरिकासँग एक÷एक खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…