कान्तिपुर सिटी कलेजमा झडप, २२ विद्यार्थी घाइते

काठमाडौं । पुतली सडकस्थित कान्तिपुर सिटी कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

 एक सातादेखि क्याम्पस सुधारका विभिन्न माग राखेर क्याम्पसमा आन्दोलनरत अनेरास्ववियूको मागको बेवास्ता गर्दै क्याम्पसले ताला खोलेपछि आक्रोशित विद्यार्थीले क्याम्पसमा सामान्य तोडफोड र नाराबाजी गरेका थिए ।

सामान्य तोडफोड र नाराबाजीको परिस्थिति शान्त भइसकेपछि एकाएक प्रहरी क्याम्पसभित्र प्रवेश गरी अन्धाधुन्ध लाठीचार्ज गरेको अनेरास्ववियू पूर्वाञ्चल विश्वाविद्यालय उपत्यका कमिटीका उपाध्यक्ष्य बालकिशोर माझीले बताए । यसअघि अनेरास्ववियूका नेता सुदेश पराजुली लगायतको उपस्थितिमा प्रशासनसँग वार्तामा समस्याको समाधान गर्ने सहमति भएको थियो । झडपपछि प्रहरीले अनेरास्ववियू कान्तिपुर सिटी कलेजका अध्यक्ष मनोज चन्द ठकुरी, तथा विद्यार्थी नेताहरु अनमोल साउद, नरेन्द्र चन्द , कपिलजङ्ग शाहीलाई पक्राउ गरेको छ ।

झडपमा २२ जना विद्यार्थी घाइते भएका छन् । घाइते मध्ये केही सामान्य उपचारपछि घर फर्किसकेका छन्र । केही भने गम्भीर घाइते भएका छन् । घाइतेकाे  काठमाडौं मोडल अस्पताल, र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइते हुने विद्यार्थीमा प्रवीण कुमार शाह, स्मित निरौला, नवीन डिसी, मोहमद इरफन, हेकम बम, दीपेन्द्र बोहोरा, अनमोल साउद, मनोज चन्द, विपिन वस्ती, नरेन्द्र चन्द, प्रकाश बुढा , कपिलजङ शाही, हरिप्रकाश राउत, नवीन उपाध्याय, विवेक सिँह, ओम शंकर रे, प्रमोद रे यादव, मोहमद शाहीद हुसेन, राजन बिष्ट , खेम नायक , रविन पण्डित , नितेश घिमिरे, रोशन राज थापा लगायत  छन् ।

यसै घटनालाई लिएर न्यायका लागि आवाज उठाउने विद्यार्थी माथिको दमन शैह्य नहुने अनेरास्ववियू पूर्वाञ्चल विश्वाविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष रोशन भट्टराईले बताए । अनेरास्ववियूको आन्दोलन शान्तिपूर्वक र रचनात्मक हुने गरेको तर क्याम्पसको दमन गर्ने नीतिले दुर्घटना निम्त्याएको उनले बताए । भट्टराईले  विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै वार्ताबाटै शान्तिपूर्ण समाधान खोज्न र दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थीका उचित मागको सुनुवाई नगरे थप कडा आन्दोलनको घोषणा गर्न आफूहरु बाध्य हुने उनले बताए

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…