Logo मंसिर ११, २०७७ बिहीबार


कानुन व्यवसायी परिषदमा मिश्रित परिणाम : ४ प्रदेशमा प्रगतिशील, ३ मा लोकतन्त्रवादी समूह विजयी

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचनमा मिश्रित परिणाम आएको छ । परिषद्को शनिबार भएको निर्वाचनमा ४ प्रदेशमा नेपाल कानुन व्यवसायी संगठन पक्षधर र ३ प्रदेशमा लोकतन्त्रवादी समूह विजयी भएका छन् । निर्वाचन परिणाम शनिबार सार्वजनिक भएको हो ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाल कानुन व्यवसायी संगठनले हात परेको छ । प्रदेश १ मा प्रेमप्रसाद पोखरेल विजयी हुनुभएको छ । बागमतीको नेतृत्व  संगठनकै डा. चन्द्रकान्त ज्ञवालीले गर्ने अवसर पाउनुभएको छ । कर्णालीमा रामबाबु बिसी र सुदूरपश्चिम प्रदेशमा  प्रकाशबहादुर पाण्डे विजयी हुनुभएको छ ।

प्रदेश नम्बर २, गण्डकी र प्रदेश ५ को नेतृत्व भने लोकतन्त्रवादी समूहको पोल्टामा गएको छ । प्रदेश २ मा श्यामकुमार मिश्र विजयी हुनुभएको छ । गण्डकीमा लोकतान्त्रिक पक्षकै मुकुन्दराज अर्यालले जित्नुभएको छ । प्रदेश ५ मा बाबुराम पाण्डे विजयी हुनुभएको छ ।

परिषद् सदस्यका लागि कानुन व्यवसायमा निरन्तर १० वर्ष काम गरेकोले मात्र उम्मेदवार दिन पाउने व्यवस्था छ । परिषद्ले कानुन व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने तथा हकहित र संरक्षण गर्ने काम गर्छ । परिषद्को कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।