‘चीनमा कोरोना भाइरस फैलनु अमेरिकाको हात !’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट कोरोना भाइरस फैलनुमा अमेरिकाको हात हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनमा विजुक्छेले चीनबाट कोरोना भाइरस एक्कासी फैलनु शंकास्पद भएको बताउनुभएको हो ।

अमेरिकाले विभिन्न देशसँग आफूले विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएकाे विजुक्छेकाे भनाइ छ । चीनमा फैलिनुमा पनि  अमेरिकाको हात रहेको हुन् सक्ने उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष बिजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडाैमा राख्दा महामारी फैलिन सक्ने भन्दै  उनीहरूलाई उपत्यका बाहिर राख्न सुझावसमेत दिनुभएको छ ।

अध्यक्ष बिजुक्छेले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउनुभयाे । चीनले भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीव्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुनेसमेत उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…