पूर्व सचिव पत्नी हत्याकाण्ड (अपडेट) : सिसी क्यामेरामा देखियाे कामदारकाे त्यस्ताे दृश्य

काठमाडौं । मन्त्रालयका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या कामदार विजय चौधरीले गरेको पुष्टि भएको छ । पूर्व सचिव कार्कीकाे ललितपुरस्थित घरमा राखिएको सिसी क्यामेराबाट मुनाको हत्या कामदार चौधरीले नै गरेको पुष्टि भएको हो ।

मुनाको हत्यापछि चौधरीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । भान्छामा राखिएको पिर्काले हिर्काएर चौधरीले मुनाको हत्या गरेको प्रहरीको भनाइ छ । सिसि क्यामरामा चौधरीले मुनालाई घाँटीमा समातेर घिसार्दै लगेको दृश्य देखिएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार दृश्यमा चौधरीले मुनालाई आक्रमण गरेको समेत देखिएको छ ।

चौधरीलाई कार्की परिवारले सानै देखि घरमा पालेका थिए । कार्की पत्नी मुना र कामदार चौधरीबीच कुनै रिसीबीले यस्तो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाका बेला पूर्व सचिव कार्की भने घरमा थिएनन् । कार्की बिहानै पशुपतिनाथ दर्शनका लागि गएका थिए । पशुपतिबाट फर्किएर आउँदा उनले घरमा रक्ताम्य स्थिति र पत्नी अचेत अवस्थामा देखे । त्यसपछि उनले प्रहरीलाई खबर गरेर पत्नीलाई स्टार अस्पताल पुर्याएर । अन्तत पत्नी मुनाको पनि अस्पताले मृत घोषणा गर्यो । घटना बारे प्रहरीले बिस्तृत अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुस्

पूर्व सचिवको घरमा रक्ताम्य घटना: पत्नीको पनि मृत्यु (अपडेट)

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ