काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले मंगलबार मन्त्रालयका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारीको हत्यालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । इन्जिनियर समेत हुनुभएका पूर्व सचिव कार्की पत्नी मुनाको सोमबार बिहान ललितपुरस्थित निवासमा दर्दनाक तवरले हत्या भएको थियो । मुनाको हत्या घरेलु कामदार विजय चौधरीले गरेको पुष्टि भएको छ । मुनाको हत्यापछि चौधरीले पनि भुष्डिएर आत्महत्या गरेका छन् ।
पत्रपत्रिकाले क्यानडाको माथिल्लो सदनका सभामुख जर्ज जे फ्युरीको नेपाल भ्रमणलाई पनि महत्वका साथ प्रकाशित गरेका छन् । सभामुख फ्युरी २ दिने भ्रमणको लागि सोमबार बिहान नेपाल आउनुभएको हो । पत्रपत्रिकामा त्यसबाहेक राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका विविध विषय फरक फरक शीर्षकमा छापिएका छन् ।
कान्तिपुर दैनिक– गैर कानुनी रुपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेकाे छ । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी (एफडीआई) ल्याएको भेट्टाएको हो । यो रकम हालको विनिमय दर अनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ ।
गोरखापत्र दैनिक– सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको हुवेई प्रान्तको वुहान शहरमा रहेका नेपालीलाई केही दिनभित्रै नेपाल ल्याउने तयारी गरेको छ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले चीनबाट नेपालीलाई ल्याउने तयारी भइहेको जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र पर्यटन मन्त्रालयले विमानको व्यवस्था गर्ने जानकारी दिँदै अब केही दिनभित्रै चीनमा रहेका नेपालीलाई ल्याइने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।
नागरिक दैनिक– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव र्गातमलाई निवासमा बोलाएर भेटघाट गरेका छन् । गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बोलाइएको थियो । प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच करिब डेढ घण्टा छलफल भएको छ ।
नयाँ पत्रिका दैनिक– शिवपुरी राष्ट्रिय निकुञ्चको २ सय १६ रोपनी जग्गा पनि यती समूहले कौडीको भाउमा कब्जा गरेको खुलेको छ । राष्ट्रिय निकुञ्जको जग्गा कुनै पनि व्यापारिक प्रयोजनलाई दिन नमिल्ने कानूनी व्यवस्था विपरीत त्यो जग्गा यती वल्र्ड इन्भेष्टमेन्ट प्रालिलाई लिजमा दिइएको हो ।
कारोबार दैनिक– नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना जनवरीमा नै नेवाल आउने पर्यटकको संख्या घटेको छ । नेपाल पर्यटा बोर्डका अनुसार सन् २०२० को जनवरी ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष यही समयमा ८१ हजार २ सय ६४ पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा पर्यटक १६ प्रतिशतले घटेको हो ।
अन्नपूर्ण पोष्ट दैनिक – चीनबाट उद्धार गरी नेपाल ल्याइने नेपालीलाई निगरानीमा राख्न राजधानीका ३६ अस्पतालमा १ सय ४७ शैया तयार गरिएको छ । वुहानस्थित विमानस्थलमा उनीहरुकने स्वास्थ्य जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्प डेस्कमा पनि परीक्षण हुनेछ ।राजधानी दैनिक– ललिता निवास तथा त्यसँग सम्बन्धित सरकारी जग्गा हिनामिनाबारे अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान व्युरो(सीबीआई)ले गृह मन्त्रालयमा प्रतिवेदन बुझाए पनि त्यसबारे निर्णय नआए मुद्दा दर्तामा ढिलाई भएको छ ।