Logo माघ १२, २०७७ सोमबार


‘भ्यालेन्टाइन’ डेमा सोल्टीमा निशुल्क डिनर

काठमाडौं । एनआईसी एशिया बैंकले भ्यालेन्टाइन डे लाई लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत कारोबार गर्ने ग्राहकलाई सोल्टी होटलमा निःशुल्क डिनर दिने भएकाे छ । बैंकले होटलकाे क्राउन प्लाजामा निःशुल्क डिनर अफर  गरिने जनाएकाे हाे  ।

जस अन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गतेसम्म एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप “मोबैंक” मा कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् । यस बैंकको मोबाईल बैंकिङ्ग एप “मोबैंक” मार्फत कुनै पनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टप अपलगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ ।

तर यसमा इ-सेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्ने ग्राहकलाई फोनमार्फत गराइने जनाएकाे छ । बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु-याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आम जनमानसलाई डिजिटल बैंकिङ्गप्रती आकर्षित गराउने र नगदभन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएकाे छ ।

बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ । साथै एनआईसी  एशिया बैंकले आफ्ना ग्राहकलाई विभिन्न ‘क्यास व्याक अफर’ नियमित रुपमा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।

काठमाडौं । चीन २०२० मा सबैभन्दा धेरै वैदेशिक लगानी मुलुक बनेको छ । कोरोना महामारीको उद्गमस्थल भए पनि चीनले सन्…