Logo मंसिर ११, २०७७ बिहीबार


पर्यटनमन्त्रीको उपस्थितिमा शिवपुरीमा वृहत हाइकिङ्ग हुँदै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले बृहत पदयात्रा (हाइकिङ्ग) कार्यक्रम आयोजना गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइको प्रमुख आतिथ्यतामा पदयात्रा आयोजना गरिन लागिएको हो ।

पदयात्रामा स्वदेशी तथा विदेशीसहित २ हजार भन्दा बढिको सहभागिता रहने सदस्य सचिव चैतन्य तुम्बाहाङ्फेले बताउनुभयो ।

कार्यक्रमलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा सात सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसको सहसंयोजकमा युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल रहनुभएको छ भने सदस्य सचिवमा चैतन्य तुम्बाहाङ्फे रहेका छन् । त्यस्तै पदयात्रा सफल पार्न १३ वटा उपसमिति बनाइएका छन् ।

युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय , योगेन्द्र नेयोङको नेतृत्वमा आर्थिक व्यवस्थापन, साँस्कृतिक व्यवस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबा , खानपिन व्यवस्थापनमा हरि थापा, टी सर्ट वितरणमा देउमान विष्ट, सरसफाई संयोजनमा मिङ्गमा कामी शेर्पा, पर्यटन व्यवसायीसँग सम्बन्धित संघ संस्था संयोजनमा संगम शेर्पा, स्वयंसेवक व्यवस्थापनमा मान थलङ्ग र नामावली दर्ता व्यवस्थापन उपसमितिमा तिलप्रसाद लिम्बु रहेका छन् ।

यस्तै प्राथमिक उपचार व्यवस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यवस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु रहनुभएको छ भने सांसद पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन विशेष समिति निर्माण गरिएको मुल समितिका संयोजक रमेश बरालले बताएका छन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसद ,विभागीय विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । पर्यटन व्यवसायी, कलाकार, पत्रकार, विदेशी पर्यटक, जिल्लाका विशिष्ट व्यक्ति र विभिन्न पेशा तथा व्यवसायमा आवद्दहरुकोसहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

भ्रमण वर्षको अवसरमा नेपाल घुम्न आएका १०० जनाभन्दा बढी विदेशी पर्यटकलाई भ्रमण वर्ष २०२०को सचिवालयसँगको सहकार्यमा विशेष सम्मानका साथै हाइकिङ्गमा सहभागी गराउने समितिका सदस्य सचिब चैतन्य तुम्बाहाङ्फेले बताउनुभयो ।

तुम्बाहाङ्फेका अनुसार बिहान ७ बजे बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्बा, तारेभिर हुँदै १५ किमिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको ‘अल्टिमेट भेन्यु रिसोर्ट’ पुगी खानपानका साथै साँस्कृतिक कार्यक्रमसमेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।