Logo माघ ४, २०७७ आइतबार


कोरोनाबारे सरकारप्रति सांसदहरुको प्रश्न– प्लेन ग्राउण्डेड छ भनेको हो कि, उड्नका लागि स्ट्यानवाइ छ भनेको ?

काठमाडौं । सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मीनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसार आक्रान्त भइरहेका बारम्बार उठाउदा पनि सुनुवाई नभएको भन्दै चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘नेपाली नागरिक चीनमा अत्यन्तै अत्तालिएर बसेको बेलामा बारम्बार सदनमा , सडकमा र विभिन्न संञ्चारमाध्यमबाट आफ्नो अभिव्यक्ति मार्फत तत्काल उनीहरुलाई नेपाल ल्याउने र सुरक्षित बनाउने कुराको आवाज अभिभावकहरुले उठाइरहेका छन्’ उहाँले भन्नुभयो, ‘सरकार हामीँंग दुईवटा विमान छ भनेको संञ्चारमा सुन्यौ । पाइलटलाई सोध्दा दुईवटा मात्रै होइन सबै प्लेन ग्राउण्डेड छ भनेको पनि जवाफ पाइयो । सरकारले प्लेन ग्राउण्डेड छ भनेको हो कि उड्नका लागि स्ट्यानवाई छ भनेको हो स्पष्ट पार्नुपर्यो ।’

सासंद बिमला विकले तात्कालिक सरकारले २०७१ सालको बाढी प्रभावित बर्दिया बाँके लगायतका बाढी प्रभावितलाई भूकम्प प्रभावित सरह राहत उपलब्ध गराउने भनेपनि अहिले सम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भवानीप्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । बालशिक्षामा कार्यरत शिक्षकले मासिक तलब ६ हजार र विद्यालयका कर्मचारीले मासिक ६ हजार ५ सय देखि ७ हजार ५ सय रहेको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक १३ हजार ५ सय उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सांसद भूमिप्रसाद त्रिपाठीले नागढुंगा सुरुङ मार्ग निर्माणकार्यले प्रारम्भमा नै अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै धादिङ जिल्ला तर्फको सुरुङ मार्गको मुखैमा देखिएको जग्गा मुआब्जामको समस्या तत्काल सम्बोधन गर्न सरकारसंग माग गर्नुभयो ।

भैरव बहादुर सिंहले बझाङको खोड्पे बजार जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको समयमा स्थानीय बासीले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै सो राजमार्गको स्तरोन्नती गर्न सकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो…

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको…

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।