‘तैले ललिता निवासको ठेक्का लिएको छस्’ भन्दै धम्की आउँछ : कोइराला (भिडियोसहित)

काठमाडौं । करिब ५ वर्षदेखि ललिता निवास जग्गा प्रकरणको अध्ययन, अनुसन्धान गर्दै आउनुभएका अधिवक्ता युवराज कोइरालाले भूमाफियाबाट आफू असुरक्षित रहेको बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुराकानी गर्दै अधिवक्ता कोइरालाले ललिता निवास जग्गा फिर्ताका लागि कानुनी लडाइँ लड्दै गर्दा धेरै समस्या खेप्नु परेको बताउनुभएको हो ।

कोइरालाले भन्नुभयो– ‘‘तैले ललिता निवासको ठेक्का लिएको छस्, तैले किन लाग्नुपर्यो, तेरा कानुन पैसामा किन्दिन्छौँ, तैले के नाप्छस् नाप !’ भन्दै भूमाफियाले आफूलाई धम्की दिएको उल्लेख गर्नुभएको हो । उहाँले अगाडि थप्नुभयो, ‘म डगमगाइन अन्तिममा आएर सरकारले भ्रष्टाचारीहरुलाई कठघरामा उभ्याएको छ, सम्पूर्ण प्रमाण मसँग छ ।’

ललिता निवास जग्गा प्रकरणमा ठूलो गिरोह सामेल भएको कोइरालाले खुलासा गर्नुभएको छ । विभिन्न समयमा राजनीतिक नेतृत्वले ललिता निवास जग्गाका भ्रष्टाचारीहरुलाई पृष्ठपोषण गर्दै गएको कोइरालाको भनाइ छ । अहिलेको सरकारले ठूलो आँटका साथ ती भ्रष्टाचारीहरुलाई कठ्घरामा उभ्याएको प्रति उहाँले सम्मान व्यक्त गर्नुभएको छ ।

भिडियो हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ