उमा अधिकारीललितपुर सुनाकोठी घर भई हाल डेनमार्कमा बस्दै आएका इशान महर्जन केही महिनाअघि सामाजिक सञ्जालबाट एउटा पातमा बनाएको चित्रले खुब चर्चा पाएका थिए । जुन चित्रमा उनले भिजिट नेपाल २०२० को लोगो बनाएका थिए ।
२६ वर्षीय इशान हाल डेनमार्कमा बस्दै आएका छन् । उनी भन्छन् ‘चित्र बनाउनु मेरो सानैदेखिको साेख हो र त अहिले म यस ठाउँमा छु, सबैले मैले बनाएको चित्र मन पराइदिनुभएको छ ।' हँसिलो मुहारले भने यति धेरै मनपराइदिनु हुन्छ होला भन्ने त सोचेको पनि थिइनँ । उनी आफूले बनाएका चित्रहरु सामाजिक सञ्जाल, इस्टाग्राम र टिकटिकमा पोष्ट गर्ने गदर्छन् ।'
नेपालमा बिबिएसको अध्ययन सकेर तीन महिना अगाडि डेनमार्क पुगेका उनी लन्ड्रीमा काम गर्छन् । उनले सातामा एकदिन मात्रै छुट्टी पाउँछन् त्यही फुर्सदको समयमा चित्र बनाउन थाल्छन् । अहिलेसम्म उनले विभिन्न सेलिब्रिटीहरु र साथीभाइहरुको चित्र पिपलकाे पातमा कोरीसकेका छन् । केही समय अघि राजा वीरेन्द्रको जन्मदिनको अवसरमा बनाइएको चित्रले खुबै चर्चा पाएको थियो । उनी चित्र काेर्दा मोबाइलमा रहेको फेटो हेर्दै चित्रको आउटलाइन कोर्छन र ब्लेडले सावधानीपूर्वक काट्छन् ।
इशानले चित्र काेर्ने काम सानैदेखिको रुचि भए पनि यसलाई निरन्तर दिन थालेको करिब एक वर्ष भएको बताउँछन् । उनले सबै भन्दा पहिला मनि प्लान्टबाट गौतम बुद्धको फोटो बनाएका थिए, जुन फाेटो बनाउन जम्मा एक घण्टा मात्र लागेको महर्जन बताउँछन् । उनले नेपालमै बस्दा पनि पातमा चित्र कोरिरहन्थे तर त्यसको खासै चर्चा भने पाएका थिएनन् ।
इशानको कला यतिमा मात्रै सीमित नभएर उनमा ’बिट बक्स’ गर्ने कौशल पनि राम्रो छ । उनले बिट बक्स पनि सिक्न कुनै कक्षा लिएका थिएनन् । युट्युबको भिडयाेबाटै सिकेको भन्छन् । आफू नेपालमा रहँदा बिट बक्स ब्याटल पनि गरेको उनी सुनाउँछन् ।
जुन कामबाट इशान अहिले धेरै खुशी छन् र घर परिवारबाट पनि एकदमै सर्पोट पाएको बताउँछन् । उनी भन्छन्, 'यसबाट कुनै कमाइ नभए पनि कामको सबैले प्रशंसा गर्दा हौसला बढ्छ ।' उनी भन्छन्, 'मेरो रुची पनि यसैमा भएको कारण जस्तो सुकै परिस्थिति आएपनि यसलाई निरन्तरता दिन्छु ।'