राष्ट्रपतिका उम्मेद्वार छान्ने प्रक्रियमा तीव्रता

काठमाडाैं । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने प्रक्रियाले गति लिएको छ ।

गतसाता आयोवामा भएको डेमोक्रयाटिक पार्टीको प्राइमरी ककसपछि यो साता न्यू ह्याम्पसरका डेमोक्रयाट आफ्नो उम्मेदवार छान्नका लागि मत दिएका छन् ।

मंगलबार भएको मतदानमा न्यू ह्याम्पसरमा भेट्रान सिनेटर बर्नी सान्डर्सले अग्रता लिएका छन् । आयोवामा अग्रस्थानमा रहेका पिट् बुटजजले न्यू ह्याम्पसरमा पनि राम्रो गरेका छन् । उनी दोस्रो स्थानमा छन् । यस्तै सिनेटर एमी क्लोबुसरले राम्रो गरिरहेकी छन् । उनी सिनेटर एलिजाबेथ वारेनलाई पछि पार्दै तेस्रो स्थानमा आएकी छन् । वारेन प्रारम्भिक नतिजामा चौथो स्थानमा छिन् ।

तर पूर्व उपराष्ट्रपति जो बाइडेनका लागि आयोवा भन्दा पनि खराब देखिएको छ न्यू ह्याम्पसर, उनी पाँचौँ स्थानमा धकेलिएका छन् । बाइडेनका लागि यो गम्भीर धक्का हो । आयोवामा प्राविधिक समस्याका कारण गतसाता ककसको नतिजा आउन ढिलाई भएको थियो । तर न्यू ह्याम्पसरमा भने समस्या देखिएको छैन ।

रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का छ । तर डेमोक्रयाट पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ९ जना आकांक्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…