समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार कवि माङलाकलाई

छवि चापागाँई
पाँचथर । समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार कवि राज माङलाकलाई प्रदान गरिएको छ । समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार अक्षयकोष समिति पाँचथरको आयोजनामा आयोजीत कार्यक्रमकाबीच माङलाकलाई पुरस्कृत गरिएको हो ।

कवि माङलाकलाई ताम्रपत्रसहित ५५ हजार ५८० रुपैंयाँ पुरस्कार प्रदान गरिएको छ । जिल्लाको आङ्ना स्थायी घर भइ हाल धनकुटामा बसोबास गर्दै आउनुभएका माङलाकको चार वटा कृति प्रकाशित छन् । ‘लिम्बूनी गाउँ’ कविता संग्रह उहाँको चर्चित कृति हो ।

कार्यक्रममा समथिङ साहित्यिक राष्ट्रिय सम्मान स्रष्टा विद्या निर्दोषी ओझालाई प्रदान गरिएको छ । ताम्रपत्रसहित ५ हजार ५८० रासीको सम्मान नारी स्रष्टा ओझालाई प्रदान गरिएको हो ।

समथिङ फाउन्डेशन नेपाल पाँचथरले प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्ने गरी पुरस्कार तथा सम्मानको स्थापना गरेको हो । फाउन्डेशनका संस्थापक तथा संरक्षक गुरुङ रामप्रकाश समथिङले पुरस्कार र सम्मानको स्थापना गरेको अध्यक्ष मंगल बेघाले बताउनुभयो । कार्यक्रममा समथिङ फाउन्डेशन तथा समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार अक्षयकोषका संस्थापक/संरक्षक गुरुङ रामप्रकाश समथिङको ५१ औं कृति कथा जिन्दगी (कथा संग्रह) समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…