राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई ‘म्यानेजर अफ द एयर’ पुरस्कार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार  श्रेष्ठलाई ‘म्यानेजर अफ द एयर’ २०१९ पुरस्कार प्रदान गरिएकाे छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई बैंकका विभागीय प्रमुख तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहका साथ बधाई तथा शुभकामनासहित पुरस्कार प्रदान गरिएको हो ।

‘म्यानेजर अफ द एयर’ २०१९ पुरस्कार प्राप्त गर्नुभएका श्रेष्ठ नेपाल व्यवस्थापन संघको अध्यक्ष पदमा पनि निर्वाचित हुनुभएको छ । वाणिज्य बैंकको कार्यकारिणी समितिमा नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी सर्वाधिक मतका साथ निर्वाचित हुनुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफूले पाएको पुरस्कारलाई सबै कर्मचारीको सामूहिक प्रयासको रुपमा लिएकाे बताउनुभएको छ । ‘मैले पाएको यो ‘म्यानेजर अफ द एयर’ २०१९ पुरस्कार बैंकका सम्पूर्ण कर्मचारीको सामूहिक प्रयासको उपज हो’ पुरस्कार ग्रहण गर्दै उहाँले भन्नुभयो । उहाँले बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको समेत बताउनुभयाे ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यकारीणी समितिमा भएको विजय सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताउनुभयो । उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुरस्कार पाउनु बैंकको लागि गौरव भएको बताउनुभयो । विभागीय प्रमुख विनयरमण पौडेलले राष्ट्रिय वाणिज्य बैंकको प्रगति नोटिस् हुन थालेको उल्लेख गर्नुभयाे ।

कार्यक्रम बैंकका ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेतले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विभागका प्रमुख, कम्पनी सचिवसहित कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…