गाडी नरोक्दा गोली प्रहार, युवकको मृत्यु

विद्यानन्द राम
सप्तरी ।  बोदे बरसाईन नगरपालिकामा लुटेरा समूहले चलाएको गोली लागेर स्कारपियोमा गुडिरहेका युवकको मृत्यु भएको छ ।नगरपालिका वडा नम्बर ५ जाँजरमा लुटेरा समूहले भारतको झंझारपुरबाट सामान किनेर गाडीमा घर फर्किरहेका २२ वर्षीय डम्बर यादवमाथि गोली प्रहार गरेको हो।

मोटरसाइकमा आएकन लुटेरा समूहले गाडीमा गुडिरहेका निकैबेर पछ्याइरहेका थिए । उनीहरुले लुट्नको लागि यादवलाई गाडी रोक्न भनेका थिए । तर यादवले लुटेराबाट जोगिन गाडी झ्न तीब्र गतिमा गुडाइरहे । गाडी रोक्न नमानेपछि लुटेराले यादव गुडिरहेको गाडीमा पछाडिबाट गोली प्रहार गरे ।

गाडी चलाइरहेका यादवलाई गोली लाग्यो । उनको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ । गाडीमा यादवसँग रहेका वडा नम्बर ८ काचनका सुरेन्द्र यादव र अनिलकुमार यादव सकुशल भने सकुल रहेको स्थानीय उमेश साहले जानकारी दिएका छन्। स्कारपियोमा गोली प्रहार गरेपछि लुटेरा समूह भने फरार भएका छन् । उनीहरुको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…