पतिकै अगाडि बलात्कार गर्ने १२ वर्षमा पक्राउ

काठमाडौं । पतिकै अगाडि बलात्कार गरेर फरार एक अभियुक्त १२ वर्षमा पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ इनरुवाका ५० वर्षीय हरिनारायण यादवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

अर्का अभियुक्त दुधियावाला भनिने खटर यादव भने अझै फरार रहेको डिएसपी तिलक भारतीले बताउनु भयो । पीडितले ढिलै भए पनि न्याय पाउने डिएसपी भारतीको भनाई छ । ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे हो, रहेछ’ पीडित दम्पतीले भने,  ‘अभियुक्त १२ वर्षपछि बल्ल पक्राउ परे ।’

२०६४ असोज २९ गते सुनसरीको इनरुवामा मजदूरी गरेर हनुमाननगर हुँदै घर फर्किरहेको बेला यादवद्वयले आक्रमण गरेका थिए । दुवै जनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए । उनीहरुले दम्पतीको साथमा रहेको २० हजार रुपैयाँ समेत लुटेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…