Logo आश्विन ४, २०७७ आइतबार


अन्तरविद्यालय फुटबल प्रतियोगिता : नेपालयलाई ‘लिबर्टी कप’

काठमाडौं । ‘दोश्रो लिबर्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिता’ को उपाधि नेपालयले जितेको छ । नेपालय ब्वाइज र गल्स दुवैमा च्याम्पियन बनेकाे हाे।  लिबर्टी स्कुलको आयोजनामा अत्तरखेलस्थित शिवपुरी खेल मैदानमा भएको प्रतियोगिताको ब्वाइज फाइनलमा नेपालयले भेनस पब्लिकलाई २–१ गोलले पराजित गरेकाे हाे ।

गल्सको उपाधि भिडन्तमा नेपालयले गोकर्ण लाइटलाई १–० गोलले हराएकाे हाे । नेपालयकी एलिसा तामाङले निर्णायक गोल गरेकी थिइन्।

ब्वाइजमा जीवन ताराले आयोजक लिबर्टीलाई ५–१ ले पन्छ्याउदै तेश्रो भयो । गल्सतर्फ तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लिबर्टीले जीवन तारालाई ५–१ गोलले निराश बनायाे। ब्वाइज/गल्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।

ब्वाइजमा मनीष मगर तथा गल्समा एलिसा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टद्वय नेपालयकै खेलाडि हुन् । ब्वाइजमा सहयोगी तथा गल्समा छहारीले अनुशासित टिमको उपाधि हात जित्न सफल भएका छन् ।

विजेतालाई सांसद् कृष्णबहादुर राई, लिबर्टीका प्रिन्सिपल ओमप्रसाद ढकाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।

क्यानले नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।