९७ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने

विद्यानन्द राम
राजविराज । राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७६/०७७ अन्तर्गत सप्तरीमा ९७ हजार बालबालिकालाई खोप लगाइने भएको छ । अभियानको पहिलो चरण अन्तर्गत बिहीबार हनुमाननगर कंकालिनी नगरपालिका–७ बाट कार्यक्रम गरी खोप लगाउन शुरु गरिएको हो ।

फागुन महिनाभरी तीन चरणमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई रोगबाट बचाउन खोप लगाइने छ । सप्तरीमा पहिलो चरणअन्तर्गत हनुमाननगर कंकालिनी, राजविराज, सप्तकोशी र कञ्चनरुप नगरपालिका तथा महादेवा, तिरहुँत र तिलाठी कोइलाडी गाउँपालिकाका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा.दुनियालाल यादवले जानकारी दिनुभयो ।

खोप लगाउनकालागि जिल्लामा स्वयमसेवक, स्थानीय सुपरभाइजर र जिल्ला सुपरभाइजर गरी कुल २ हजार ५ सय ८३ जना कर्मचारी परिचालित गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…