डढेलोले २५ सय घर जल्यो, ५४ लाख हेक्टर वन सखाप

   अस्ट्रेलियामा लागेको डढेलो, फाइल तस्बिर

सिड्नी । अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको छ । डढेलोका कारण सबैभन्दा बढी प्रभावित भएको न्यू साउथ वेल्सका अग्नि नियन्त्रण अधिकारीहरुले डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको जानकारी दिएका हुन् ।

नियन्त्रणकाे बाजजुत राज्यका ३० भन्दा बढी क्षेत्रमा डढेलो फैलिएकाे थियाे । तर भारी वर्षासँगै सम्पूर्ण क्षेत्रको डडेलो नियन्त्रणमा आएको राज्यको ग्रामीण अग्नि नियन्त्रण सेवाले जनाएको छ । पछिल्ला केहिदिन यता न्यू साउथ वेल्समा भारी वर्षा भइरहेको बीबीसीले जनाएकाे छ ।

वर्षासँगै त्यस क्षेत्रमा बाढी तथा क्वीन्सल्याण्डको दक्षिणी क्षेत्रमा आँधी आउन सक्ने संभावना बढेकाे छ । न्यू साउथ वेल्समा पाँच महिनाभन्दा बढी समय फैलिएको डढेलोका कारण ५४ लाख हेक्टर वन  डढेको छ ।  करिब २५ सय घर क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…