मुस्लिम समुदायको कार्यक्रममा भारतीय सुरक्षाकर्मीको चासो

राजविराज। सप्तरीको बरसाईन नगरपालिका वडा नम्बर ५ जाँजरमा हुने मुस्लिम समुदायको इज्तिमा कार्यक्रम अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा गृह मन्त्रालयले पुनः अनुमति दिएको छ । गृह मन्त्रालयको निर्णयपछि भारतीय सुरक्षाकर्मीले कार्यक्रमप्रति चासो देखाएका छन्।

शुक्रबार विहार राज्य मधुबनी जिल्लास्थित पुलिस स्टेसन लौकहि थानाका प्रमुख अरविन्द कमारले सप्तरीका डिएसपी तिलक भारतीसँग भेटघाट गरेका छन्। गत बिहीवार मात्रै नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदाय समेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न निर्देशन गरेको थियो।

सोहि सर्त अनुसार नेपाल भारतबाहेकका नागरिकलाई फर्काउन अहिले प्रशासनले तयारी गरेको छ । त्यसका लागि ६ सय नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । फागुन ३, ४ र ५ गते हुने भनिएको कार्यक्रममा २ लाख मुस्लिम समुदाय सहभागी हुने बताईएको छ। हालसम्म ३० हजार भन्दा बढी मुस्लिम समुदाय कार्यक्रमस्थलमा आइसकेका जानकारी दिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खासगरी मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिलाई लिएर नेकपा शीर्ष नेतृत्वमा अविश्वास बढेको छ ।

घाइतेमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको नायव प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभएको छ ।

भोलि शुक्रबारबाट वर्षा अझ बढ्ने महाशाखाकाे अनुमान रहेकाे जनाइएकाे छ ।

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा यी तीन जिल्लामा कोरोना संक्रमण मुक्त भएकाे छ ।

राजधानीमा पसेको सलह कागले खाइरहेको दृश्यले उपत्यकाबासी काग तिहारको स्मरण गरिरहेका थिए ।

मेष– काम अधुरो हुनेछ । झन्झट व्यहोर्नु पर्नेछ । चिसोले स्वास्थ्य वाधा आउनेछ । वृष– यात्राको सुख मिल्नेछ । पारीवारिक…