‘युवा एकजुट भए जुनसुकै चुनौती पार’

ललितपुर। प्रधानमन्त्री केपी ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलद्वारा दीक्षित विद्यार्थीलाई शुक्रबार दज्य्रानी चिन्ह प्रदान गदैं राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता रहेको बताउनुभएको हो ।

‘तपाईहरुमाथि केवल आफ्ना अभिभावकको मात्रै आशा र सपना निहीत छैन, तपाईका प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको छ’ उहाँले भन्नुभयो, ‘त्यसैले सर्वोत्कृष्ट समाज निर्माणको लागि युवा अवस्थामा तपाईहरुले आफ्नोे मनोबल उच्च गराउन आवश्यक छ । हरेक युवाले आफूमा कुशल नेतृत्व क्षमताको विकास नैतिक आचरण र अनुसाशनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न ध्यान केन्द्रित गर्दछु ।’

प्रधानमन्त्रीले देशमा स्थिर सरकार निर्माण भएको स्मरण गराउँदै युवाको चौतर्फी व्यक्तित्व विकासमा हरसम्बत सहयोग गर्न सरकार कटिद्ध रहेको समेत बताउनुभयो । युवा एकजुट भए जस्तो सुकै चुनौती पनि पार लाग्ने प्रधानमन्त्रीको भनाई छ । ‘युवाले काम गरे जस्तोसुकै चुनौती सामना हुन्छ’ उहाँले भन्नुभयो, ‘युवा असल हुनुपर्छ । सक्षम हुनुपर्छ । दक्ष र सक्रिय हुनुपर्छ । युवा व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुटनुपर्छ ।’

राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्न विद्यालयका ७ हजार ७ सय विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…