पर्यटन प्रवर्द्धन गर्न खोकना महोत्सव हुने

काठमाडौं । नेपाल भ्रमण वर्ष अवसर पारेर ललितपुरको खोकनामा पर्यटन महोत्सव हुने भएको छ ।  प्रदेश सरकार र ललितपुर महानगरपालिका, वडा नम्बर २१ को सहयोगमा फागुन ९ देखि ११ गतेसम्म खोकना महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा खोकनाको प्राचीन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना र खाजाका परिकार मुख्य आकर्षणका रुपमा रहनेछन् । त्यसैगरी स्थानीय जीवनशैली, रहनसहन र भेषभुषाका अतिरिक्त स्थानीय शीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने महोत्सव मूल आयोजक समिति संयोजक रविन्द्र महर्जनले बताउनुभयो ।

उपत्यकाको शहरबाट नजिकै रहेको खोकना गाउँलाई महत्वपूर्ण ग्रामीण पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासका साथै नेपालको पर्यटन प्रवद्र्धनका लािग महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ ।

महोत्सव आयोजनका लागि ललितपुर महानगरपालिकाको १२ लाख ५० हजार, वडा नम्बर २१ को ५ लाख र प्रदेश सरकारको २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…