लेखापढी कानून व्यवसायी एशाेसिएशनको महाधिवेशन चैतमा हुने

काठमाडाैं । नेपाल लेखापढी कानून व्यवसायी एशाेसिएशनको आठौँ राष्ट्रिय महाधिवेशन आउँदाे चैतमा हुने भएको छ । गत मंसिर ७ गते बसेको केन्द्रीय समितिको बैठकले आठौँ महाधिवेशन आगामी चैतको १४, १५ र १६ गते बुटबलमा गर्ने निर्णय गरेको हो ।

एशाेसिएशनका महासचिव कृष्णप्रसाद दाहालका अनुसार महाधिवेशन चैतको १४ देखि १६ गतेसम्म प्रदेश नंम्बर पाँचको बुटबलमा हुनेछ । महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि र त्यतिकै संख्यामा पर्यवेक्षक सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार उक्त सम्मेलनमा प्रदेश, जिल्ला र इकाई समिति गरी १ सय ३५ वटा समितिको सहभागिता रहनेछ । एशाेसिएशनको ७५ वटा जिल्लामा संगठन विस्तार भइसकेको छ भने दुई जिल्लामा संगठन विस्तार हुन बाँकी छ ।

‘पेशागत दक्षता अभिवृद्धि र व्यवसायिक मर्यादाका लागि अग्रसर बनौं, अर्धन्यायिक निकायमा रहेका विकृति र विसंगति विरुद्ध संघर्ष गरौँ’ भन्ने महाधिवेशनको मूल नारा तथा ‘लेखापढी व्यवसायी विरुद्ध हुने षड्यन्त्रको पर्दाफास गरौँ, सम्पूर्ण लेखापढी व्यवसायी एकजुट बनौँ’ भन्ने सहायक नारा तयार भएको वर्तमान अध्यक्ष सीताराम दाहालले बताउनुभयाे ।

आठौं महाधिवेशनबाट आउने नेतृत्वले अर्धन्यायिक निकायको लिखत व्यवस्थापनमा गुणस्तरीयता ल्याउने, पेशागत क्षमता अभिवृद्धि गर्ने, संगठनको एकतावद्ध र पारदर्शी बनाउने लगायतका विषयमा सशक्त भूमिका खेल्ने अध्यक्ष दाहालले बताउनुभयाे । लेखापढीसम्बन्धी नियमावली २०५१ को संशोधनको विषयमा पनि पहल भइरहेको तथा महाधिवेशनबाट अझ अघि बढ्न बल मिल्ने दाहालकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…