प्रधानमन्त्री रोजगारको लागि ६२३ स्थानीय तहलाई २ अर्ब

काठमाडों । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ६ सय २३ स्थानीय तहलाई २ अर्ब रुपैयाँ पठाएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सशर्त अनुदान रुपप उल्लेखित रकम पठाएको जनाएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७६, ०७७ मा प्रधानमन्त्री राेजगार कार्यक्रमबारे भइरहेको कार्यको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले ७ सय ५३ स्थानीय तहको लागि सरकारले ४ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । ‘कार्यक्रमको शर्त पूरा गरेका ६ सय २३ स्थानीय तहमा रकम पठाइएको छ’ उहाँले भन्नुभयो , तर केही स्थानीय तहले शर्त तथा प्रक्रिया अझै पूरा गरेका छैनन् । शर्त पूरा नगरेका तहमा रकम पठाइएको छैन । शर्त पूराभएपछि पठाइनेछ ।’

प्रवक्ता घिमिरेका अनुसार सबै स्थानीय तहमा केही स्थानीय तहले बेरोजगारको प्रवक्ता घिमिरेका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न आयोजना र बेरोजगारको सूचिको आधारमा न्यूनतम १० लाखदेखि अधिकतम ७५ लाख रुपैयाँसम्मको शर्त सीमा तोकिएको छ । स्थानीय तहले निर्धारित शर्त अनुसार कार्यक्रम संचालन गर्नुपर्नेछ । बिनियोजित रकम ग्रामीण सडक निर्माण, सडक मर्मत, विद्युतीकरण र तटबन्ध निर्माण लगायतका स्थानीय योजनामा मात्रै खर्च गर्न पाइने उहाँ बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष २ अर्ब ६२ करोड विश्व बैंकबाट ऋण लिएर र बाँकी २ अर्ब २० करोड ३२ लाख आन्तरिक स्रोतबाट व्योहोर्नेगरी बजेट ल्याइएको थियो । यसवर्ष १३ लाख भन्दा बढीले बेरोजगार आवेदन भरेकोमा स्थानीय तहले अहिले सम्म ५३ हजार निवेदन मात्रै प्रमाणित गरेकाले त्यो रकम ५३ हजार जनाको लागि कम्तिमा १ सय दिन बराबरको रोजगारी दिन प्रयोग हुनेछ । बाँकी रहेका १ सय ३० स्थानीय तहमा आयोजना प्रस्ताव आएपछि र अहिले रकम बाँडफाँड भएका ६ सय २३ स्थानीय तहले बेरोजगारको प्राथमिकताक्रम सहितको सूची रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा प्रविष्ट गरेका आधारमा पुनः बाँडफाँड गरी पाठाउने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

सरकारले यो वर्ष ७० हजार बेरोजगारलाई कम्तीमा १ सय दिन बराबरको रोजगारी दिने लक्ष्य राखेको छ । तर स्थानीय तहमा बेरोजगारको संख्या १७ लाख भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…