शुक्रबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

१.तत्काल कार्ययोजना बनाएर युटिलिटी करिडोरको काम अघि बढाउन सदस्यहरुद्धारा सरकारलाई सुझाव ।

१.ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतद्धारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग ।

२.सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद बैठकबाट गर्ने तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेश गर्न अख्तियारलाई आदेश ।

३.प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारण सहित लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश ।

४.अख्तियारले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध गरेको छ भ्रष्टाचार मुद्दा दायर ।

५.सरकार गठनको दुई बर्ष पुगेको सन्र्दभमा राजनीतिक दलहरुलको मिश्रृत प्रतिकृया ।

६.राजनीतिक दलहरुले इतिहासकै शक्तिशाली सरकार भएपनि अपेक्षित काम गर्न नसकेको टिप्पणी

७.सरकारको घोषणा र कार्यप्रगति पुर्ण रुपमा असफल रहेको राजनीतिक दलहरुले दिए प्रतिक्रिया ।

८.शक्तिशाली सरकार भएर पनि अपेक्षित कार्यप्रगती देखाउन नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको टिप्पणी ।

९.सरकारले काम गरेर देखाउने राम्रो अवसर गुमाएको पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भनाइ ।

१०.सत्तारुढ दल नेकपा भित्रै पनि सरकारको काम प्रभावकारी नभएको भन्ने बहस भएबाट सरकारको काम प्रभावकारी नभएको स्पष्ट पारेको राष्ट्रिय जनता पार्टीका महिन्द्रराय यादवको प्रतिक्रिया ।

११.यो दुई बर्षमा इतिहासमै कसैले गर्न नसकेको काम वर्तमान सरकारले गरेको भुमी ब्यबश्था ,सहकारी तथा गरिबी निबारण मन्त्री पद्मा अर्यालको दाबी ।

१२.केही कामको परिणाम देखिएको र केही कामको परिणाम देखिन समय लाग्ने भन्दै सरकारको कार्यशैलीको प्रगतिउन्मुख रहेको भनाइ ।

१३.यूवा शक्तीमा राष्ट्रिय गौरवको बोध गराई राष्ट्रिय भावको अभिबृद्धि गर्न राष्ट्रिय सेवा दलको स्थापना गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई ।

१४.प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राष्ट्रिय सेवा दल सरकारको उच्च प्राथमिक्तामा परेको उल्लेख ।

१५.राष्ट्रिय सेवा दलमाथि परिवारले मात्र नभएर देशले ठूलो आशा र भरोसा सॉचेको प्रधानमन्त्री ओलीेको भनाई ।

१६.राष्ट्रिय सेवादलको १५ औं दिक्षान्त समारोहमा २ सय ४८ छात्र र २ सय ६१ छात्रा गरी ५ सय नौ जना दिक्षित ।

१७.राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन ।

१८.लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन ।
उपाध्याय २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा हुनुहुन्थ्यो निर्वाचित ।

१९. २०२६ सालमा जन्मनुभएका उपाध्यायले २०४६ सालको जनआन्दोलनदेखि नेपाली कांग्रेसमा आवद्ध भएर गर्नुभएको थियो राजनीति शुरु ।

२०.संघीय संसदको प्रतिनिधिसभाबाट राष्ट्रियसभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित ।

२१.प्रतिनिधिसभाको शुक्रबारको बैठकले वर्तमान राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा शोक प्रकट गर्दै शोक प्रस्ताव गरेको हो पारित।

२२.क्यान्सर रोगबाट पीडीत उपाध्यायको उपचारको क्रममा शुक्रबार भएको थियो निधन ।

२३.शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम पनि स्थगित।

२४. प्रधानमन्त्रीले सनिबार विहान ११ बस्ने बैठकमा सम्बोधन गर्नुहुने सचिवालयद्धारा जानकारी ।

२५.सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बस्यो ।

२६.बैठकले एमसीसीको विषयमा प्राप्त भएका सामग्रीहरुमाथि छलफल गरेको र अहिलेसम्म प्राप्त सामग्रीहरुमाथि अध्ययन गरी समितिका सदस्यहरुबीच छलफल गरीयको जानकारी ।

२७.तथ्यको आधारमा छलफल गरेको र छलफलका विषयहरु अभिलेख गर्ने निर्णय भएको समिति सदस्य भिम रावलद्धारा जानकारी ।

२८.एमसीसीका विषयमा प्राप्त सामग्रीहरुमाथि अझै अध्ययन गरी अभिलेख गर्दै जाने समितिको निर्णय ।

२९.डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाको भनाई ।

३०.क्यान इन्फोटक २०२० को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाद्धारा डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको स्पष्ट ।

३१.विधेक पारित नभए डिजिटल कारोबारले बैधता नपाउने मन्त्री बास्कोटाको तर्क ।

३२.विद्युतीय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यस्तो कुराहरुलाई कसैले नहेर्ने गरेको आरोप ।

३३.सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको मन्त्री बास्कोटाको भनाई ।

३४.शुक्रबारबाट सुरु भएको क्यान इन्फोटक मेला २०२० मा सूचनाप्रविधिसम्बन्धि १ सय ८५ भन्दा बढी स्टल ।

३५.थरुहट÷थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु विहिबारदेखि आमरण अनसनमा ।

३५.कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितत ११ जना जेलबन्दीहरुको रिहाई, टीकापुर घटनावारे छानविन समितिको प्रतिवेदनहरु सार्वजनिक गर्न लगायत १४ बुँदे माग ।

३६.अनसनमा बस्नु रहर नभएको बताउँदै पहिचान र अधिकारको लागि २÷४ मुद्धा होइन, ५० वटा मुद्धाहरु अझै सहन तयार रहेको र मर्न पनि तयार रहेको प्रतिकृया ।

३७.गत वर्षको तुलनामा यस वर्ष देशकै ठूलो कालीमाटी तरकारी बजारमा विषदीको मात्रा बढि ।
पैसा तिरर पनि विष किन्नु परेको जनगुनासोपछि सरकारी टोलीद्धारा तरकारी बजारमा अनुगमन ।

३८.आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो सात महिनामा तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको तथ्याङ्क ।

३९.बजारमा हल्ला चले जस्तो सबै तरकारीमा विषादी नरहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्रमुख प्रकाश घिमिरेको दावी ।

४०.अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिएको,मुल्यमा एकरुपता नदिएको जिल्ला प्रशासनको भनाई ।

४१.अधिकांस पसल नविकरण नै नभएर सञ्चालन भएको समेत अनुगमन टोलिद्धारा खुलाशा ।

४२.बजारको अनुगमन र मुल्यको साथसाथै तह गुुणस्तरमा ध्यान दिनुपर्ने उपभोक्ता अधिकारकर्मीको भनाइ ।

४३.श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयद्धारा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ सय २३ स्थानीय तहलाई बजेट पठाएको जानकारी ।

४४.चालु आर्थिक वर्षका लागि बाँडफाँड हुन बाँकी र अपुग बजेट सरकारको अन्य स्रोतबाट व्यवस्था गरिने ।

४५.सामूदायिक आयोजना सञ्चालन गर्न तत्कालका लागि ६ सय २३ स्थानीय तहबाट प्राप्त भएको विवरणपछि गरियो रकम निकासा ।

४६.चालु आर्थिक वर्षका लागि बाँडफाँड हुन बाँकी र अपुग बजेट सरकारको अन्य स्रोतबाट व्यवस्था गरिने ।

४७.चालु आर्थिक वर्षमा ४ अर्व ८२ करोड ३२ लाख विनियोजन भएकोमा २ अर्व ६२ करोड विश्व बैकबाट प्राप्त ऋण सहयोग र २ अर्व २० करोड ३२ लाख नेपाल सरकारको आन्तरिक स्रोतबाट व्यवस्थापन ।

४८.लगानीमैत्री वातावरण बन्दै गएपछी प्रदेश नं ५ मा उद्योगहरु खुल्नेक्रम बढ्यो ।
४९.भौतिक पूर्वाधार निर्माण र विकासले गति लिएसंगै प्रदेशमा उद्योगहरु खुल्नेक्रमा बृद्धि ।
५०.अधिकाँश सिमेन्ट उद्योग खुलेकाले सरकारलाई बजारको भरपर्दो व्यवस्था मिलाइदिन उद्योगीको माग ।
५१.प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेश ५ मा घरेलु , साना तथा लघु उद्योगको संख्या ६६ हजार १ सय ६८ ।
५२.उद्योग बढ्दै जाँदा २ लाख १२ हजार बढीले पाए रोजगारी ।
५३.भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको काम नै ठप्प पारेर साताव्यापी भ्रमण हिँडे पछि सेवा प्रवाहमा समस्या ।

५४.गत आइतबारबाट जिम्मेवार ब्यक्तीहरु कार्यालयमा नभएपछि सेवाग्राही मारमा ।

५५.कार्यालयका अधिकांश शाखाहरु कर्मचारी विहिन रहेका छन् । कार्यालयमा सम्झौताको काम भईरहेको भएपनि आर्थिक कारोवार भने ठप्प ।

५६.मौखिक रुपमा कार्यालयको निमित्त प्रशासकिय अधिकृतको रुपमा इन्जिनियर अरुण हमाललाई अनुमति दिएको भएपनि लिखित रुपमा पाएनन् जिम्मेवारी ।

५७.नगर प्रमुख तथा प्रशाकिय अधिकृत बाहिर भएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीहरुको भनाई ।

५८.निर्माणधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पनि कोरोना भाइरसको प्रभाव ।

५९.गौतमबुद्ध अन्तरर्रा्ष्ट्रिय विमानस्थलमा चिनियाँ प्राविधिक र उपकरण कोरोना भाइरसका कारण नेपाल आउन नसकेकाले निर्माण कार्यमा असर ।

६०.राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तरर्रा्ष्ट्रिय विमानस्थलमा चिनिया निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनल गरिरहेको छ निर्माणको काम ।

६१.लामो समयसम्म रोग नियन्त्रणमा नआए यसको प्रत्यक्ष असर विमानस्थल निर्माणमा पर्ने आयोजनाको तर्क ।

६२.४० जनाको चिनियाँ कामदार टोली अहिले फिल्डमा हुनुपर्नेमा २० जनामात्र छन् फिल्डमा ।

६३.आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै ।

६४.विश्वभर फरवरी १४ तारिखका दिन रातो गुलाबको पूmल सहित प्रेम अभिवादन गर्ने प्रचलन ।

६५.यो दिवसले सहरी समाजमा नयाँ संस्कृतिकै रूप लिदै ।

६६.दिवसका अवुसरमा प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने प्रचलन ।

६७.मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयको आदेश ।

६८.आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि मन्त्रालयद्धारा रोक ।

६९.आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको प्रमुख जिल्ला अधिकारीको भनाई ।

७०.बिहीबार दिउँसो ४ बजेदेखि नेपाल(भारत सीमासमेत सिल गरिएको सप्तरी जिल्ला प्रशासनद्धारा जानकारी ।

७१.कार्यक्रमका लागि करिब २ करोड खर्च भइसकेको आयोजकको भनाई ।
चितवन र नवलपरासीमा आगामी फागुन दोस्रो सातादेखि एक साथ राष्ट्रिय औद्योगिक सर्वेक्षण हुने ।

७२.जिल्लास्तरीय राष्ट्रिय औद्योगिक सर्वेक्षणका लागि तथ्यांक अधिकृतहरुलाई तालीम प्रदान गरिएको छ भने ,फागुन ५ गते गणकहरुलाई समेत तालीम दिइने ।

७३.चितवनको भरतपुरमा आयोजित सचेतना गोष्ठीमा तीन वटै जिल्लामा औद्योगिक सर्वेक्षणका लागि आठ जना गणक परिचालन गरिने ।

७४.साढे दुई महिनासम्म हुने सर्वेक्षणमा खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा, पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुलाई गणना गरिने ।

७५.सर्वेक्षणमा रुग्ण उद्योग, दर्ता मात्रै भएका उद्योग र चालु अवस्थामा रहेका उद्योगहरु सबैको गणना गर्नुपर्नेमा व्यवसायीहरुको जोड ।

७६.२०७५ साल देखिनै पोलिथिन मुक्त नगरपालिका घोषणा गरेको तिलोत्तमा नगरपालिकालाई नेपालकै पहिलो शुन्य पोलिथिन क्षेत्र बनाउनको लागि वृहत अभियान संचालन ।
७७.रुपन्देहीको तिलोत्तमा नगरपालिका लाई नेपालकै पहिलो शुन्य पोलिथिन क्षेत्र बनाउनको लागि करिव ४ महिना देखी वृहत अभियान संचालनमा ।
७६.नगरपालिकाका १७ वटै वडालाई शुन्य खुला पलाष्टिक क्षेत्र घोषणा गरेर शुन्य खुला पलाष्टिक नगर घोषणा गरिने ।
७७.जनकपुरको मिथिला नगरपालिका दिलिप भनिने ओमप्रकाश महतोको हत्या गरेको आरोपमा पक्राउ परेका तीनजना कारागार चलान ।

७८.मिथिला नगरपालिका वडा नं. ५ का २४ वर्षीय महतोको हत्या गरेको आरोपमा पक्राउ परेका मध्य तीनजना पूर्पक्षका लागि भएकारागार चलान ।

७९.दिलिपका साथी रोशन यादव, सत्यनारायण महतो र सत्रुधन महतो २५÷२५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा ।

८०.ललितपुर महानगरपालिकाको आयोजनामा फागुन नौ गतेदेखि एघार गतेसम्म तीनदिने ‘खोकना पर्यटन महोत्सव’ हुने ।

८१.तीन दिनसम्म चल्ने महोत्सवमा खोकनाका प्राचीन एवम् मौलिक संस्कृति, सम्पदा, नेवारी खानाका परिकार, स्थानीय जीवनशैली, रहनसहन र भेषभूषा आकर्षण रहने ।

८२.महोत्सवलाई प्रदेश सरकार, ललितपुर महानगरपालिका, वडा कार्यालयहरुले आर्थिक सहयोग ।

८३.महोत्सवले खोकनालाई महत्वपूर्ण ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने विश्वास ।

८४.काठमाडौंको भृकुटीमण्डपमा २६ औं संस्करणको क्यान इन्फोटेक–२०२० सुरु ।

८५.प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने योजनाअनुरुप इन्नोभेशन एक्स्पोजर लाई बिशेष प्राथमिकतामा दिएर एक्स्पो आयोजना ।

८६.प्रदर्शनीमा इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाको आफ्ना नयाँ प्रोडक्टहरु र आइडियाको प्रदर्शनी ।

८७.मेलामा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री ।

८८.ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने ।

८९.कम्पनीद्धारा कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ करोड ३५ लाख ५५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने गरेको हो निर्णय ।

९०.चीनको हुबेइ प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण बाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या शुक्रबारसम्म१ हजार ४ सय पुग्यो ।

९१.सहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबद्धारा न्युरोड टिम एनआरटी पराजित ।

९२.शहीद स्मारक ए डिभिजन लिगमा च्यालबिरुद्ध जित निकाल्दै थ्रि स्टार क्लबको ए डिभिजन लिगमा सुखद अन्त्य ।

९३.अन्तिम खेलमा च्याससलाई २–० ले हराउँदै थ्रीस्टार तेश्रो स्थानमा उक्लियो ।

९४.चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सेन्टिभाइरस चलचित्र टिम र चलचित्र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता ।

९५.प्रतियोगितामा चलचित्र पत्रकार संघछद्धारार सेन्टी भाइरस चलचित्रको टिम पराजित ।

९६.जवाफी ब्याटिङमा उत्रिएको चलचित्र पत्रकारले १५ ओभर खेल्दै तीन विकेटको क्षतिमा गरेको थियो लक्ष्य पुरा।

९७.पत्रकारको जीतका लािग खगेन्द्र बुढाथोकीले ६४ रनको योगफल तयार पार्दै लिएका थिए चार विकेट ।

९८.चलचित्रबाट प्राप्त भएको नाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणका लागि प्रयोग गरिने ।

९९.नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दद्धारा पर्सिजा जकार्ताका लागि गरे गोल ।

१००.जकार्ताले मलेसियाली क्लब सबाह एफए माथि २–० को जित निकाल्दा रोहितले गरे टोलीका लागि दोस्रो गोल ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…