नेकपा शीर्ष नेतृत्वमा एमसीसीबारे घनिभूत बहस

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बारे अमेरिकी घनिभूत रुपमा बहस शुरु गरेको छ ।

सरकारलाई एमसीसी संशोधन नगरी जस्ताको तस्तै पारित गर्न दबाब परेको छ । तर नेकपामा अधिंकाश नेताहरुले संशोधन नगरी कुनै हालतमा पारित गर्न नहुने बताउँदै आएका छन् । अमेरिकाले जस्ताको तस्तै पारित गर्न दबाब परेको तर पार्टीभित्र केही प्रभावशाली नेताले भने संशोधन गर्नै पर्ने सुझाव दिएपछि नेतृत्व अप्ठ्यारोमा छ । एमसीसीबारे नेकपामा केन्द्रदेखि तल्लो तहसम्मै मतभिन्नता छ । माघ १६ देखि १९ सम्म भएको केन्द्रीय कमिटीको दोस्रो बैठक एमसीमीबारे व्यापक बहस भएको थियो । बैठकमा अधिकांश नेताहले एमसीसी संशोधन गर्ने पर्ने सुझाव दिएका थिए ।

केन्द्रीय सदस्यहरुको रायको आधारमा एमसीसीबारे निर्णय लिन पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा ३ सदस्य कार्यदल गठन गरिएको थियो । कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र एमसीसीको विपक्षमा वकालत गर्दे आउनु भएका पूर्व उपप्रधानमन्त्री तथा स्थायी कमिटी सदस्य भीम रावल हुनुहुन्छ । कार्यदललाई एमसिसीबारे अध्ययन प्रतिवेदन बुझाउन १० दिनको म्याद दिइएको थियो । कार्यदललाई दिइएको म्याद बिहीबार समाप्त भइसकेको छ । तर कार्यदलले अझै प्रतिवेदन बुझाइसकेको छैन । यद्यपि कार्यदलले यसबीचमा एमसीसीको विभिन्न पक्ष अध्ययन गरी शीर्ष नेतृत्व र सरोकारवालासँग परामर्श गरिहेको छ । कार्यदलको बैठक शुक्रबार पनि बसेको छ । कार्यदलले एमसीसी संशोधन गर्नुपर्ने अवधारणसहितको प्रतिवेदन तयारी सकेको स्रोत बताउँछ ।

उता अमेरिकाले पनि सत्तारुढ दल नेकपाले एमसीसी संशोधन गर्न लागेको सुइको पाइसकेको छ । एमसीसी संशोधन हुने संकेत पाएपछि अमेरिकाले त्यसप्रति ‘अवजेक्सन’ जनाइसकेको छ । अघिल्लो साता ४ दिनका लागि नेपाल भ्रमणमा आएका एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिकी मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले संशोधन अमान्य हुने प्रतिक्रिया दिए थिए । एमसीसी कार्यान्वयन चरणमा गइसकेको उल्लेख गर्दै अब त्यसलाई संशोधन गर्न नसकिने ब्रुक्सको भनाइ छ । ‘अबको परिवर्तन अमेरिकालाई मान्य हुँदैन’ उनले भनेमा थिए । अधिकांश नेताले संशोधन गर्न सुझाव दिएको र कार्यदलले त्यही आधारमा प्रतिवेदन तयारी पारिरहेको बेला अमेरिकाले संशोधन नगर्न चेतावनी दिएपछि नेतृत्वलाई अप्ठ्यारो परेको हो ।

सहायक उपाध्यक्ष ब्रुक्सको चेतावनीजन्य अभिव्यक्तिलाई नेकपाले गम्भीर रुपमा लिएको छ । ब्रुक्सको चेतावनीपछि एमसीसीबारे नेकपाले शीर्ष नेतृत्व र कार्यदलको संयुक्र तथा छुट्टाछुट्टै छलफल भएको छ । बैठकले एमसीसीको विषयमा प्राप्त भएका सामग्रीमाथि छलफल गरेको छ कार्यदलले नेतृत्वसँग पटकपटक राय लिइसकेको छ । कार्यदलका सदस्य भीम रावलले अहिलेसम्म प्राप्त सामग्रीहरुमाथि अध्ययन गरी समितिका सदस्यहरुबीच छलफल भएको बताउनुभयो । उहाँले समितिले तथ्यको आधारमा छलफल गरेको र छलफलका विषय अभिलेख गर्ने निर्णय भएको बताउनुभयो ।

रावलले एमसीसीका विषयमा प्राप्त सामग्रीहरुमाथि अझै अध्ययन गरी अभिलेख गर्दै जाने निर्णय गरिएको बताउनुभयो । कार्यदलको बैठक छिट्टै बस्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…