कोरोनाले कार उत्पादन बन्द, अर्थतन्त्रमा गम्भीर असर

काठमाडौं । चीनबाट शुरू भएकाे नोवेल कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ । वस्तु निर्यातको जगमा फैलिएको चिनियाँको अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप बनेको छ । मानवीय क्षति त छँदैछ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखिएको छ ।

महामारीको समाधान नभए विश्वभर सवारीसाधन इन्धन बन्द हुन सक्छ । वस्तु उत्पादनमा ‘चिनियाँ कच्चा वस्तु उपयोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ । चीन तथा त्यहँको उत्पादन प्रणालीमा आवद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ ।

सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरुसँग छैन । ९० प्रतिशत भन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ । चीनबाट पाट्स प्राप्त गर्न नसकेपछि जापानको कार निर्माण कम्पनी निसानले फ्याक्ट्री आपत्कालीनको लागि बन्द गरेको छ ।

त्यस्तै दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ । चीनसँग सम्बन्धि विश्वका अन्य विभिन्न कम्पनी समेत बन्द भएका छन् । कोरोना विश्व अर्थतन्त्रमा कहर बनेको छ । अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…