विशेष अभियान सञ्चालन गर्दै नेकपा

काठमाडौं । हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पुरा भएको छ ।

माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्धयको तर्कबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा विषेश अभियानको प्रस्ताव गरिएको थियो । प्रस्ताव सर्वसम्मतिले पारित भएपछि नेताहरु कार्यान्वनयमा जुटुनुभएको थियो । अब फागुनभरि प्रदेशस्तरको अभियानको लागि तयारी भेला , बैठक गर्ने र चैतदेखि अभियान सञ्चचालन गर्ने कार्यक्रम तय भएको पार्टीका महासचिव विष्णप्रसाद पौडेले जानकारी दिनुभयो ।

चैत र वैशाखमा केन्द्रीय सङ्गठन विभागको योजना र निर्देशनअनुरुप सङ्गठित सदस्यता नवीकरण गर्नुपर्ने छ । चैत १ देखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालन हुने नेकपाका कार्यालय सचिव श्रीमान ढकालले बताउनुभयो । फागुन ४ गते प्रदेश ५ बुटबलबाट अभियानका लागि भेला र बैठक सुरु भई प्रदेश
१ को विराटनगरमा गएर सम्पन्न हुने उहाँले बताउनुभयो ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि यस्तो कार्यक्रम तग भएको हो । फागुन ४ गते प्रदेश ५ मा भेला भई ५ गते बैठक हुनेछ । त्यस्तै फागुन ६ गते कर्णाली प्रदेशमा भेला र ७ गते बैठक हुने छ । फागुन ९ गते सुदुरपश्चिम प्रदेशमा भेला र १० गते बैठक हुने छ भने फागुन १२ गते गण्डकी प्रदेशमा भेला र १३ गते बैठक हुने बताएको छ । गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…