चीनबाट ल्याइने नेपालीले अभिभावक र आफन्त भेट्न नपाउने

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले शनिबार चीनको कोरोना प्रभावित शहर वुहानबाट नेपाली ल्याइने समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । पत्रपत्रिकामा सरकारको २ वर्षको कार्य समेत बिश्लेषण गरिएको छ । त्यसको साथै राजनीतिक, आर्थिक, शिक्षा, स्वास्थ्य र साँस्कृतिकसहित विविधि पक्ष फरकफरक शीर्षकमा छापिएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक– चीनको कोरोना भाइरस प्रभावित ठाउँबाट उद्धार गरी ल्याइने नेपालीलाई उनीहरुका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् । ती नेपालीले आफन्त र अभिभावकसँग भेट गर्न कम्तीमा दुई साता क्वारेन्टाइल स्थलमा बिताउनुपर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई त्रिभुवन विमानस्थल र क्वारेन्टाइल स्थलमा भेटघाट नर्गा अपिल गरेको छ ।

नागरिक दैनिक– कानुन अभाव, अधिकार प्रत्योयोजनमा ढिलाई र तीन तहका सरकमारबीच समन्वय नहुँदा प्रदेश सरकारको २ वर्ष अलमलमै बितेको छ । राजनीतिक परिवर्तनपछि नयाँ जोशका साथ स्थापना भएको सरकारले राम्रा कार्यक्रम घोषणा गरेको भएता पनि कार्यान्वयन पक्ष निकै फितलो रहेको गुनासो छ ।

नयाँ पत्रिका दैनिक– नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) नेतृत्वको करिब दुई तिहाईको सरकारले २ वर्ष पूरा गरेको छ । संघीयता कार्यान्वयनको चुनौती सामाना गर्दै महत्व्कांक्षी योजनाका साथ अघि बढिरहेको सरकारले जनआकांक्षा अनुरुप परिणाममुखी काम भने गर्न सकिरहेको छैन ।

प्रधानमन्त्री केपी ओलीले दुई छिमेकी मुलुकसँग रेलमार्गबाट जोडिनेदेखि राष्ट्रिय ध्वजावाहक पानीजहाज समुन्द्रमा कुदाउनेसम्मका महत्वकांक्षी योजना अगाडि सार्दै कार्यकालको शुरुवाती दिनमा निकै चार्चा बटुले । तर दुई वर्ष सकिँदासम्म उनका आकर्षक योजनाले अपेक्षाकृत आकार समेत पाउन सकेको छैन ।

कान्तिपुर दैनिक– मेलम्ची खानेपान आयोजनादे दोस्रो चरणको कामअन्तरगत याङ्ग्री र लार्के सुरुङ खन्न टनेल बोरिङ मेसिन(टीबीएम) प्रयोग गर्ने तयारी गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार टीबीएम मेसिनबाट सुरुङ खन्दा काम चाँडो हुने भन्दै सम्वद्ध अधिकारीबीच छलफल भइहेको छ ।

‘मेसिन महंगो पर्छ तर काम चाँडो हुने भएकाले टीबीएम नै प्रयोग गर्न आवश्यक तयारी भइहेको छ’ मन्त्रमलउको एक अधिकारीले भने । पहिलो चरण मेलम्ची आयोजना साढे २६ किमी सुरुङ खन्दा पटक–पटक ठेकेदार कम्पनीले विवाद निकालेको उल्लेख गर्दै ती अधिकारीले टीबीएम मेसिन नै उपयुक्त हुने दाबी गरे ।

राजधानी दैनिक– ललितपुरका जावलाखेलमा रहेको सदर चिडियाखानाले जनावर राख्न नयाँ र आधुनिक घर निर्माण कार्यलाई तीब्रता दिएको छ । चिडियाखाना खानाकी सुचना अधिकारी लिना चालिसेकोका अनुसार रेडपान्डाका लागि तातो र चिसोसहितको नयाँ घर निमौण्न भइसकेको छ । त्यस्तै निलगाई, स्याल र सारसका लागि पनि नयाँ बासस्थान निर्माण भइसकेकोको छ । अघिल्लो वर्ष बनेका नयाँ घरमा जनाव रमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…