चीनमा रहेका नेपालीलाई उद्धार गर्न विमान जाँदै

काठमाडौं । सरकारले कोरोना प्रभावित क्षेत्र चीनको हुवेईस्थित वुहानमा रहेका नेपालीको उद्धारका लागि आज वाइडबडी विमान त्यसतर्फ पठाईदै छ । उद्धारका लागि शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको जहाज हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने छन् । यससँगै लामो समयदेखि वुहानमा त्रासमा रहेका नेपालीले राहत महशुस गर्नेछन् ।उद्धारका लागि क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली खटिने बताइएको छ ।

वाइडबडीमार्फत १ सय ८० जना नेपालीलाई नेपाल ल्याउन लागिएको हो । टोलीमा ३ जना पाइलट र ३ जना क्रु मेम्बर रहनेछन् । त्यस्तै १ इन्जिनियर १ प्राविधिक र १ डिस्पास्चर रहनेछन् । टालीमा ४ नेपाली सेनाका चिकित्सकसमेत रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएको छ । संक्रमित भएको शंका लागेका यात्रुहरुलाई जहाजको पछाडिको ढोकाबाट बाहिर ल्याइनेछ ।

त्यसैगरि संक्रमित नभएका यात्रुहरुलाई जहाजको अघिल्लो ढोकाबाट बाहिर ल्याइने व्यवस्था मिलाइएको छ । जहाजबाट उत्रँदा क्रमस एक आपसमा एक मिटरको दूरी कायम गर्नुपर्नेछ । काठमाडौं विमानस्थलमा पाँच ओटा स्क्रिनिङ डेस्कको व्यवस्था मिलाइएको छ ।

संक्रमणको आशंका गरिएका व्यक्तिलाई शुक्रराज ट्रपिकल वा सरुवारोग अस्पताल,पाटन अस्पताल,सशस्त्र अस्पतालमध्ये कुनै एक अस्पतालको आइसोलेनी वार्डमा राखिनेछ । संक्रमण नभएका यात्रुलाई क्वारेन्टनइन स्थान खरिपाटीमा लगिनेछ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…