क्याम्पस प्रशासनले छात्राको अण्डरवेयर खोलेर….जाँच्न लगाएपछि

काठमाडौं । भारतको गुजरात राज्यमा रहेका क्याम्पसका छात्रालाई उनीहरु महिनावारी भए नभएको जाँच गर्नका लागि अण्डरवेयर खोल्न लगाएको घटना सार्वजनिक भएको छ ।

गुजरातको भुज शहरमा रहेको  सहजानन्द गर्ल्स इन्स्टिच्युट एसएसजिआईको छात्राबास प्रमुखले प्रिन्सिपलसँग केही छात्राहरुले महनावारी भएका बेला छात्राबासको धार्मिक परम्परा तोडेको गुनासो गरेका थिए । गुनासोपछि स्वामीनारायण सम्प्रदायको नियम अनुसार छात्रालाई महिनावारी भएको भए स्वतन्त्र रुपमा अगाडि आउन भनियो ।

स्वामीनारायण सम्प्रदायको नियम अनुसार महिनावारी भएका बेला महिला मन्दिर तथा भान्सा जान पाउँदैनन् । महिनावारी भएको भनेर स्वतन्त्र रुपमा अगाडि नआएका छात्रालाई अण्डरवेयर खोल्न लगाएर त्यसको निर्क्याैल गरिएको आरोप छ । क्याम्पसकी एक छात्राका अनुसार फेव्रअरी ११ मा एक–एक गरेर वाथरुममा लगेर महिनावारी भएनभएको हेरिएको हाे ।

छात्राले घटनाले आफूहरुमा गहिरो मानसिक असर परेको र यो घटनाविरुद्ध कानूनी कारबाही हुनुपर्ने बताएका छन् । क्याम्पसकी प्रिन्सिपल रीताबेन, संयोजक अनिताबेन र स्कूलका प्रिन्सिपल दक्षाबेनले आफूहरुलाई भावुक बनाएर ब्ल्याकमेल गरेको छात्राले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…