मेनेजर काटछु भन्दै खुकुरी लिएर बैंक छिरेपछि…

मकवानपुर । बैंकका ब्रान्च मेनेजरलाई काटछु भन्दै खुकुरी लिएर बैंक प्रवेश गरेका एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ का ४४ वर्षीय गजेन्द्रराज गिरी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट असई नवीन विक्रम थापाको कमाण्डमा खटिएका प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो।

गिरीले शुक्रबार १२ बजे हेटौंडा नेपाल बैंकको शाखामा खुकुरी लिएर प्रवेश गरेका थिए। गिरीे बिहीबार मात्र सुनका गहना राखेर कर्जा लिन लाग्दा सुन नक्कली होला मिल्दैन भनेपछि पख देख्लास् भन्दै बैंकबाट बाहिरिएका थिए । त्यसको भोलिपल्ट शुक्रबार बा ५ च २६२५ नम्बरको गाडीमा खुकुरी हालेर बैंक पुगेका थिए ।

प्रहरीले उक्त कार खुकुरीसहित नाइनस्टिक १ थान, बेल्टको बल्क फिट भएको १ थान चक्कु बरामद गरेको छ । गिरी यसअघि गत कात्तिकमा सिसि टिभीको कार्यालय तोडफोडमा संलग्न भई कारबाहीमा परेको व्यक्ति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…