कोरोनाबाट मर्नेको संख्या १३ सय पुग्यो, १४ दिन अलगै राख्न सुझाव

काठमाडौं । छिमेकी मुलुक चीनमा नोवेल कोरोना भाइरसबाट मर्नेको संख्या शनिबारसम्म १३ सय नाघेको छ । हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमण यतिखेर चीनको प्राय सबै ठाउँमा फैलिइसकेको छ । चीन बाहेक अमेरिका, हङकङ, इजिष्टसहित २३ राष्ट्रमा समेत कोरोना भाइरस देखा परेको छ । अफ्रिकामा समेत कोरोना भेट्टिएको छ ।

केही दशक यता आर्थिक तथा विकासमा फड्को मार्दै गएको चीन यतिखेर कोरानाले आक्रान्त बनेको छ । चीनमा कोरोनाबाट अहिलेसम्म १३ सय भन्दा बढीले जीवन गुमाइसकेका छन् । ६० हजार भन्दा बढी संक्रिमितको उपचार भइरहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । यद्यपि चीन अप्रत्यासित रुपमा आइलागेको विपत्तिप्रति विचलित भने भएको छैन । चीनले कोरोना निर्मूल पारेरै छोड्ने अठोट लिएको छ । त्यसको लागि विभिन्न प्रयास गरिरहेको छ । कोरोना संक्रमितको उद्धार, उपचार र आवश्यक प्रबन्धको लागि राज्यको सबै निकाय परिचालन गरेको छ ।

चीनले काम तथा अध्ययनको शिलशिलामा अन्य मुलुकबाट आएर बसेका नागरिकलाई उद्धार गरी ्लैजान सम्बन्धित मुलुकलाई आग्रह गरेको छ । चीनले फिर्ता उद्धार गरी लग्ने नागरिक १४ छुट्टै राख्न सुझाव समेत दिएको छ ।  चीन सरकारले मानिसलाई घरबाट बाहिर ननिस्कन आव्हान गरेको छ । ६ करोड भन्दा बढी मानिसलाई घरभित्रै खाना व्यवस्थापिन गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

कोरानाको कारण मानिस घरबाट बाहिर नस्कन छोडेपछि चीनको अधिकांश शहर अहिले सुनसान छ । सडकमा सवारीसाधन गुडेका छैनन । विमानस्थल समेत बन्द छ । विद्यालय, उद्योग तथा कारखाना बन्द छन् । चिनियाँ उद्योग बन्द हुँदा त्यसको असर विश्वका अन्य मुलुकमा समेत परेको छ । चीनबाट कच्चा पदार्थ निर्यात नहुँदा अन्य मुलुकमा त्यससँग सम्बन्धित उद्योग समेत बन्द हुन थालेका छन् । जापानको कार निर्माण कम्पनी निसानले फ्याक्ट्री आपत्कालीनको लागि बन्द भएको छ ।

त्यस्तै दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ । चीनसँग सम्बन्धि विश्वका अन्य विभिन्न कम्पनी समेत बन्द भएका छन् । कोरोना भाइरसले विश्व अर्थतन्त्र गम्भीर रुपमा असर पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…