म्यान्चेष्टर सिटीलाई प्रतिबन्ध लगाइयो

काठमाडौं । म्यान्चेष्टर सिटीलाई युरोपियन क्लब प्रतियोगितामा आगामी दुई सिजन खेल्न प्रतिबन्ध लागेको छ । .. युरोपेली फुटबल महासंघले सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

युइएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको हो । यस्तै प्रिमियर लिगको साविक विजेतालाई ३० मिलियन युरो समेत जरिवाना गरिएको छ । निर्णयविरुद्ध सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।

सिटीले निर्णयले आफू निराश भएपनि कुनै अचम्मित नभएको बताएको छ । सिटीले प्रायोजन वापतको झूठाे रकम देखाएको युइएफएले जनाएको छ । ’प्रायोजन वापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युइएफएमा बुझाएको देखिएको छ ।’ युइएफएले जारी गरेको विज्ञप्तिमा  उल्लेख छ ।

अनुसन्धानमा सिटीले सहयोग नगरेको आरोप समेत युइएफएले लगाएको छ । पछिल्लो प्रतिबन्धसँंगै सिटीले आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खासगरी मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिलाई लिएर नेकपा शीर्ष नेतृत्वमा अविश्वास बढेको छ ।

घाइतेमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको नायव प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभएको छ ।

भोलि शुक्रबारबाट वर्षा अझ बढ्ने महाशाखाकाे अनुमान रहेकाे जनाइएकाे छ ।

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा यी तीन जिल्लामा कोरोना संक्रमण मुक्त भएकाे छ ।

राजधानीमा पसेको सलह कागले खाइरहेको दृश्यले उपत्यकाबासी काग तिहारको स्मरण गरिरहेका थिए ।

मेष– काम अधुरो हुनेछ । झन्झट व्यहोर्नु पर्नेछ । चिसोले स्वास्थ्य वाधा आउनेछ । वृष– यात्राको सुख मिल्नेछ । पारीवारिक…