ठेकेदारबीच कुटाकुट, कुट्ने व्यवसायी फरार

पाल्पा । जिल्लामा ठेकेदारबीच कुटाकुट भएको छ । अस्पतालको औषधि खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर ठेकेदारबीच कुटाकुट भएको हो ।
शुक्रबार बिहान १० बजे टेण्डर हाल्न गएका व्यवसायीलाई रोक्ने क्रममा एक आपसमा कुरा नमिल्दा कुटाकुट भएको प्रहरीले जनाएको छ ।कुटपिटबाट एक व्यवसायी घाइते भएका छन ।
कुट्ने व्यवसायी भने फरार रहेको उनको खोजीभइरहेको प्रहरीले जनाएको छ । घाइते व्यवसायीको प्राथमिक उपचार भइरहेको छ ।