१४ वर्षपछि भेट्टिए आकाश, हर्षले रसाए बाआमाको आँखा

आशिषबहादुर सिंह
बझाङ । १४ वर्षदेखि हराएका केदारस्यू गाउँपालिका सेकुका आकाश बोहरा सम्पर्कमा आएका छन् । बोहरा सानो साथीभाइ र फुपाजूको संगतमा लागेर भारत गएका थिए । उनी भारत गएदेखि घरपरिवारसँग सम्पर्कविहीन भएका हुन् ।

घरपरिवार र आफन्तले वर्षौदेखि खोजतलास गर्दा समेत उनको अत्तोपत्तो भएको थिएन । तर अहिले भने सम्र्पकमा आएका छन् ।  हराएका बोहरा अहिले भने सम्पर्कमा रहेको सुदुरपश्चिम सेवा समाज केन्द्रका अध्यक्ष ज्ञानेन्द्र थापाले जानकारी दिनुभयो । सानैदेखि भारततिर बरालिएका आकाशले आफ्नो ठाउँबारे खास्सै जानकारी छैन । उनलाई गाउँ र बुवाको नाम भने थाहा रहेछ । आफ्नो गाउँ सेकु तथा बुबाको नाम सुरेश बोहरा र आमा कमलादेवी भएको बताएपछि उनी केदारस्यू गाउँपालिकाबाट हराएका आकाश भएको पत्ता लागेको हो ।

उनी अहिले अध्यक्ष थापासँगै हेल्लो बेलौरीका सम्पादक दिपक थापा, पशुपति टुर एण्ड ट्राभल्सका सञ्चालक दिपक बिष्ट र समाजसेवी बिरू शाही लगायतका सम्पर्कमा छन् । थापाले बोहरा आफ्नो सम्पर्कमा रहेकाले आफन्तलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

उता सुरेश र कमलाले पनि १४ वर्षदेखि सम्पर्कविहीन रहेको भारतमा रहेको थाहा पाइसकेका छन् । आश मारेको छोरो भेटिएको थाहा पाएपछि सुरेश र कमलाको आँशामा हर्षले रसाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…