काठमाडौं । आफ्नो सरकारको प्रगति र उन्नतिलाई अनेक तथ्य र तथ्यांकमा प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको सपना रेलमार्ग, सुरुङमार्गमा केन्द्रित हुने बताउनु भएको छ । सरकार नेतृत्वको दुई वर्ष पार अवसरमा प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले भ्रष्टाचार मामलामा मुखमा पानी हालेर नबसेको दोहोर्याउनु भयो । तर, प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरूले असतुष्टि जनाउँदै प्रधानमन्त्रीलाई प्रश्नै प्रश्नले घेरेका छन् ।
२०७४ फागुन ३ गते दोस्रोपटक सरकार नेतृत्व गर्दा केपी शर्मा ओलीसँग स्पष्ट बहुमतको आँकडा दुई तिहाइको छेउछाउमा थियो । सुखी नेपाली, समृद्ध नेपाल नारासहित सरकारको नेतृत्व गर्नु भएका ओलीले सरकारको आगामी ३ वर्ष रेलमार्ग, सुरुङमार्ग जस्ता दीर्घकालीन कार्यक्रममा, वित्तीय व्यवस्थापन, कर्मचारी समायोजन र जनताको अपेक्षा एकसाथ पूरा गर्ने कार्यभारमा सफलता मिलेको बताउनुभयो । व्यापार घाटादेखि नयाँ रोजगारी सिर्जनालगायत हरेक क्षेत्रमा कुनै न कुनै रुपमा सफल भएको दाबी गर्दै अब आउने निर्वाचनमा घोषणा पत्र लिएर नै निर्वाचन क्षेत्र पुग्ने भनि सम्बोधन गर्नुभयो ।
सरकारले दुई वर्षमा देशको मुहार फेरेको अभिव्यक्ति दिए पनि सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्नै प्रश्नले घेरेका छन् । प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका बारेमा सरकारको आलोचना गर्नुभयो । उहाँले सीमा विवादको विषयमा प्रधानमन्त्रीस्तरीय वार्ता कहिले हुन्छ भन्ने प्रश्नसमेत गर्नुभयो । नेपाली भूमि नसमेटिएको कहीँ नक्सा हुन्छ ? नेपाली सेना कहिले राखिन्छ ? आदि प्रश्न बडूले राख्नुभएको थियो ।
हास्न पाइँदैन, रुन पाइँदैन भन्ने कुरालाई सांसद पुष्पा भुसालले पनि असन्तुष्टि व्यक्त गर्नुभयो । संविधान कार्यान्वयन गरेको कुरामा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा महिला सहभागिताको विषयमा ख्याल नगरेको भुसालको भनाइ थियो । नेताहरू ठेकेदार भएको भन्दै कुरा उठाइरहँदा सरकारले काम गर्न नसकेको सांसद प्रेम सुवालको आरोप थियो ।
संविधान सर्वस्वीकार्य भएको प्रधानमन्त्रीले भनेपछि सांसद सरिता गिरीले साजवादी पार्टीसँग भएको दुई बुदेँ सहमती र सम्झौता समाजवादी पार्टी सरकारबाट बहिर्गमनले संविधान सम्बोधनको जुन सहमती भएको थियो त्यसको औचित्य समाप्त भएकै हो त ? भन्ने प्रश्न गर्नुभएको छ ।माघ ७ गतेसम्म उखुँ किसानको बक्याैता तिर्न सरकारले गरेको सहमती पूरा नगरेका भन्दै सरकारको आलोचना गर्नुभयो । त्यस्तै धनगढीमा थारुहरुले शुरु गरेको आन्दोलनको सम्बोधन किन नगरेको भन्ने गिरीको प्रश्न थियो ?
त्यस्तै लाल आयोग प्रतिवेदन सार्वजनिक कहिले हुन्छ भन्ने प्रश्न थियो सांसद अमृता अग्रहरीको । संविधान सर्वस्वीकार्यकै विषयमा सांसद महेन्द्र राय यादवले समाजवादी पार्टी संविधान संसोधनको सहमती र अन्य सहमती केका लागि थियो ? सरकार स्थिर आएपनि राजनीतिक स्थिरता आउन नसकेको भन्दै यसमा ध्यान नदिएकामा यादवले चिन्ता व्यक्त गर्नुभयाे ।
भक्तपुरमा कोरोना भाइरस राख्नु नगरकोटका पर्यटनलाई ध्यस्त पार्नुभएको बताए । राष्टवादको टोपी लगाएको सरकारले जनातको पक्षमा काम गर्न नसकेको सांसद डिला संग्रोलाले बताइन । सरकार भ्रष्टाचारको विषयमा किन शति गयो, नीतिगत भ्रष्टाचार गर्नुको कारणले के हो? भन्दै प्रश्न गरिन् ।
एक दिनमा रेल पानीजहाज आउने कुरा गर्नु भएको थियो तर त्यो कहिले आउँछ सांसद लक्ष्मी परियारले प्रश्न गर्नुभयो । ललिता निवास प्रकरणमा आफ्नालाई काखा अरुलाई लाखा गर्नुको कारणसमेत माग गर्नुभयो ।
सामुदायिक विद्यालयका बाल शिक्षकले ६ हजारमा कहिलेसम्म अध्यायपन गराउनु पर्ने ? सांसद भवानीप्रसाद खापुङले प्रश्न गर्नुभयो । विद्यालय कर्मचारीले ४ देखि ५ हजारसम्ममा अझै शिक्षण गरिरहेका छन् । प्रधानमन्त्रीलाई खापुङको प्रश्न थियो, ‘ ति शिक्षकले सरकारले तोकेको न्यूनतम रकम कहिले पाउँछन् ?’
विवादित एमसिसीको संसद् र सडकबाट समेत आलोचना भएको कारणले सरकारको आधिकारीक धारणा सार्वजनिक गर्न सांसद प्रकाश रसाइलीले माग गर्नुभयो । पेट्रोलियम पाइपलाइनको विषयमा सबै काम भारतले गरेकामा यसको पनि सरकारले जस लिन खोज्नु र सरकारको उपलब्धी मान्नु लाजमर्दो भएको रसाइलीको भनाइ थियो ।सांसद पार्वती डिसी चौधरीले प्रधानमन्त्रीको भनाइले अख्तियार सरकारको प्रभाव र दबाबमा रहेको देखियो, प्रष्ट पारिदिनुस् भन्दैँ प्रश्न गर्नुभयो ?
सांसद रामबहादुर विष्ट सरकार यति समूह अगाडि किन निरिह छ । यति समूहमा ५ वर्ष बाँकी रहँदै ३० वर्षका लागि दिनु, पाथिभराको जग्गा ८० वर्षका लागि भाडामा दिनु, सरकार बलियो कि यति समूह बलियो भन्दै प्रश्न गर्नुभयो ।
१ वर्षमा रेल आउने भन्नुभयो । यो कहिले आँउछ । सिंहदरबारमा केही यूवाहरु करारमा भर्ना गर्दैमा बेरोजगार घट्छ त ? भन्दै सांसद लक्ष्मी परियारले प्रमलाई आफ्नो प्रश्न गर्नुभयो ।
त्यस्तै सांसद प्रकाश रसाइली नागरिक समाज बुद्धिजिवीबीच एमसीसीबारे विवाद छ । मन्त्रीबाहेक पार्टीभित्र पनि पक्ष र विपक्षमा तर्क विर्तक चलेको छ । एमसीसीबारे सरकारको स्पष्ट भनाइ के हो ? मोतिहारी अमलेखगञ्ज पाइपलाइन भारतको लगानीमा बनेको सरकारले गरेको भनेर किन भ्रम छरेको ?
मिडिया काउन्सिलमा जरिवाना चर्को राखेको छ । पत्रकारले साँचो छुट्याउने हो भने अदालत किन चाहियो ? भन्दैं सांसद मिनबहादुर विश्वकर्माले प्रश्न गर्नुभयो ।
सांसद रंगमती शाही कर्णालीका जनता भोकै छन् चामल कुहिन्छ । जाडोमा कर्णालीमा कति जोर कपडा पठाउनुभयो ? काठमाडौं सोह्रखुट्टे सडकमा प्रधानमन्त्री ज्यूले गाडीको सिसा खोलेर हेर्नुहुन्थ्यो कि भने आश छ ?
सांसद बालकृष्ण खाँण सरकार मानवअधिकार आयोग विधेयक, सूचना प्रविधि विधेयक अघि बढाएको छ । विधेयकहरु मौलिक अधिकार र संविधानको भावना विपरित छ, सरकार किन संविधान बाहिर गएर काम गर्दैछ ?
अर्का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीले भनेको कुरा सुन्दा देश सम्पन्न भएको छ । गाँउ हेर्ने हो भने जताततै मंहगीले जनता आक्रान्त छन् । एमसीसी कहिले कार्यान्वयन हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएको छ ।
प्रधानमन्त्रीले अझै १३ वटा तुइन नेपालमा छ भन्नुभयो । जावो तुइन पनि विस्थापन गर्न नसक्ने सरकारले ठूला ठूला कुरा गर्ने ? भने कटाक्ष गर्दै सांसद राजन केसीले सरकारमाथि व्यङ्ग्य गरेका छन् ।
त्यस्तै नेपाली कांगे्रसकी प्रभावशाली नेतृ चित्रलेखा यादवले प्रधानमन्त्रीले सम्वोधनमा थुप्रै विरोधाभासपूर्ण कुरा गर्नुभएको छ । नेपालले भारतलाई बिजुली बेचेको बताउनुभयो । हिजो मात्रै धोविघाटमा पटक पटक बत्ति गएको छ । यसैगरी सरकारले बिजुली बेचेको हो भनी प्रश्न गरिन् ।
२ वर्षे कार्यकालमा धेरै नारा लगाइएको पाइयो । अलिअलि उखान टुक्का जस्तै लाग्यो । जनता मंहगीले पिल्सिएको पाइयो । सरकार एक दलीय पञ्चायती व्यवस्थाको बाटोमा हिडेको हो ? द्वन्द्वपीडितका समस्या अहिलेसम्म किन समाधान नगरे हो त ? भन्दैँ सांसद हिरा गुरुङले प्रश्न गर्नु भएको छ ।
दुइवर्ष कार्यकाल पूरा गरेकामा प्रधानमन्त्रीले प्रतिनिधि सभामा शनिबार गरेको सम्बोधन गर्नु भएको हो । प्रधानमन्त्री ओलीसँग प्रश्न गर्ने प्रतिपक्षी दलका नेता र सांसदहरु छन् ।