गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१.दुई वर्षे कार्यकालमा भएका उपलब्धिहरुबारे प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसदमा सम्बोधन,२.भ्रष्टाचार निर्मूलमा सरकार कठोर रहेको प्रधानमन्त्रीको भनाइ, दीर्घकालीन योजना सरकारको आगामी कार्यभार रहेको जानकारी ।३.आफ्नो सरकारको प्रगति र उन्नतिलाई अनेक तथ्य र तथ्यांकमा प्रस्तुत, अबको सपना रेलमार्ग, सुरुङमार्गमा केन्द्रित हुने प्रधानमन्त्रीको भनाइ ।४.भ्रष्टाचार मामलामा मुखमा पानी हालेर नबसेको प्रधानमन्त्रीको जिकिर ।५.वित्तीय व्यवस्थापन, कर्मचारी समायोजन र जनताको अपेक्षा एकसाथ पूरा गर्ने कार्यभारमा सफलता मिलेको भनाइ ।६.देश उच्चआर्थिक वृद्धि दर हासिल गरिरहेका १० देशमा पर्न सफल भएको प्रधानमन्त्रीको दाबी ।७.निरपेक्ष गरिबीको संख्या १६ दशमलव ५ प्रतिशतमा झरेको, व्यापार घाटा ६ दशमलव १ प्रतिशत घटेको र हरेक दिन ६ किलोमिटर सडक कालोपत्रे भएको तथ्य पेश ।८.१ हजार २ सय ४६ दशमलव छ एक मेघावाट विद्युत् उत्पादनले लोडसेडिङ अन्त्यसँगै भारतलाई बिजुली बेच्न थालिएको जानकारी ।९.व्यवस्थित विमानस्थल, सबै जिल्लामा फोरजी सेवा, भूकम्पपछि ३ लाख ७४ हजार घर पुनर्निर्माण भएको भनाइ ।१०.वर्तमान सरकारले दुईबर्षको अवधिमा दुई वटा पनि राम्रो काम नगरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आरोप ।११.वर्तमान सरकारले जन चहाना अनुसारको संरचनात्मक सुधारको काम गर्नै नसकेको संघीय समाजवादी पार्टी संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराईको टिप्पणी ।१२.प्रधानमन्त्रीले संवैधानिक दायरा बाहिरको अभिब्यक्ती दिने गरेको राजपा नेता राजेन्द्र महतोको आरोप ।१३.लामो समयसम्म सरकार र प्रधानमन्त्री जनभावना विपरीत गए मुलुक दुर्घटनामा फस्ने नेता महतोको चेतावनी ।१४.प्रतिनिधिसभा पॉचौ अधिवेशनको १४ औं बैठकबाट दुईवटा महत्वपूर्ण ऐनहरु सर्वसम्मत पारित ।१५.शनिबार बसेको बैठकद्वारा शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विद्येयक सम्बन्धि समितिको प्रतिवेदन २०७६ सर्वसम्मतले पारति ।१६.कानून न्याय तथा मानव अधिकार समितिको दोस्रो संशोधन विद्येयक २०७५ पनि सर्वसम्मत पारित ।१७.चीनको बुहानबाट नेपालीहरुलाई ल्याउन १७ जनाको टोली चीन प्रस्थान ।१८.कोभिड–१९ को प्रकोप रहेको प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सरकारद्धारा उद्दार गरी नेपाल ल्याइने ।१९. पाकिस्तानी क्याप्टेन, नेपाली काे-पाइलट तथा नेपाली सेनाका चिकित्सक र सरकारी प्रतिनिधिहरु टोलीमा सहभागी ।२०.राष्ट्रिय ध्वजा वाहक वाइडबडी शनिबार अपरान्ह चिनको वुहान गई आइतबार अपरान्ह नेपाल आइपुग्ने ।२१.नेपालीलाई लिन जाने १७ जनाको टोली सबैलाई कोरोना भाइरसको जोखिमबाट बच्नका लागि अपनाउनु पर्ने उपाय बारे सरकारले दिइसकेको छ तालिम ।२२.चीनबाट आइसकेपछि सबै नेपालीलाई विमानस्थलमा पुनः स्वास्थ्य परीक्षण गरिने ।२३.चिनको वुहानबाट नेपाल आइपुगेका सबै नेपालीहरुलाई विशेष प्रकृतिको सवारीबाट सिधै खरीपाटीको शिविरमा लगिने ।२४.चीनबाट ल्याइएका नेपालीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिने ।२५.तीन दिनदेखि आमरण अनशनमा रहेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या ।२६.सेती प्रादेशिक अस्पतालका फिजिसियन डा.निराजन दत्त शर्मा पौडेलद्धारा थारुको शरीरमा सुक्खापनको मात्रा बढ्दै गएको, मुटुको धड्कनमा उतार–चढाव भइरहेको जानकारी ।२७.टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीसहित ११ जनाको रिहाइसहित विभिन्न १४ बुँदे माग राख्दै थारु धनगढीस्थित क्याम्पसचोकमा छन् आमरण अनशनमा ।२८.सप्तरीमा हुन लागेको इस्लामिक सम्मेलन ‘इज्तिमा’मा आयोजक समितिकै गल्तीका कारणसमस्या भएको मुस्लिम आयोगको ठहर ।२९.आयोगका अध्यक्ष समिम अंसारीद्धारा केही त्रुटिका कारण सम्मेलनमा समस्या सिर्जना भएको जानकारी ।३०.आयोजकलाई सरकारले राष्ट्रियस्तरमा सम्मेलन गर्न सहमति दिएपनि अन्तर्राष्ट्रिय रुपमा सम्मेलन गर्न थालेपछि देखियो विवाद ।३१.सरकारले दिएको सहमतिअनुसार नै नेपाल–भारतका मुस्लिम समुदायलाई सम्मेलनमा सहभागी गराइने र बाँकी देशका पदाधिकारीलाई फर्काउने कार्य भइरहेको अन्सारीको भनाइ ।३२.बिहीवार मात्रै आयोजकले सर्त पालना नगरेको भन्दै गृह मन्त्रालयले सम्मेलन रोक्न जारी गरेको थियो निर्देशन ।३३.विद्यार्थी संख्या र शैक्षिक नतिजामा सर्वोत्कृष्ट नतिजा दिइरहेको रुपन्देहीको कालिका मानव ज्ञान माविद्धारा प्रार्थना समयमा विद्यार्थीलाई सांगीतिक अभ्यास शुरु ।३४.पाठ्यक्रममै पिटी समावेश भएपनि अधिकांश विद्यालयले खेलाउँदैनन् तर कालिकाले संगीत सहितको पिटी खेलाउन गरेको छ शुरु ।३५.विद्यालयद्धारा सांगीतिक पिटीका लागि विद्यार्थीलाई सिकाएर छुट्टै ब्याण्ड समेत तयार ।३६.सांगीतिक पिटीले विद्यालयमा आउने बित्तिकै रमाइलो वातावरण, शरीर फुर्तिलो र दिनभर पढाईप्रति रुचि हुने विद्यार्थीको भनाइ ।३७.विद्यार्थीको सिकाइलाई लक्षित गरेर सांगीतिक पिटी शुरु गरेको विद्यालयद्धारा जानकारी ।३८.सशस्त्र संघर्ष समापन भएको करिब एक दशक बितिसक्दा पनि द्धन्द्ध पीडित रोल्पालीहरुका सपना अझै अधुरा ।३९.सरकारले क्षतिपुर्तीका नाममा १० लाख दिए पनि छोराछोरी पढाउन समस्या भएको पीडितहरुको गुनासो ।४०.गरिबका छोराछोरीहरुको रगतको अपमान बाहेक केही नभएको र सत्तामा गएसँगै नेताहरुले जनतालाई विर्सिएको सर्वसाधारणको भनाइ ।४१.१० संघर्षलाई नजिकबाट नियालेका रोल्पालीहरुमाझ अब फेरी बन्दुक उठ्ने होकी भन्ने चिन्ता पनि बढ्दै ।४२.वर्गीय, जातीय, क्षेत्रीय एकताका लागि सशस्त्र संघर्षले ठूलो टेवा दिएको मन्त्री एवम् पूर्वमाओवादी नेता बर्षमान पुनको दाबी ।४३.कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले शुक्रबारबाट आयोजना गरेको क्यान इन्फोटेक २०२० मा नेपाली प्रविधिलाई४४.फागुन ७ गतेसम्म चल्ने इन्फोटेकमा नेपाली प्रविधिहरुको प्रदर्शनीलाई प्राथमिकता दिइएको क्यानका अध्यक्ष नवराज कुँवरद्वारा जानकारी ।४५.नेपालको शिक्षा क्षेत्र लगायतमा नेपालमै बनेका सफ्टवेयरहरुको अधिकतम प्रयोगमा टेवा पु¥याउने उद्देश्यले नेपाली प्रविधिलाई स्थान दिइएको भनाइ ।४६.यो साता नेप्से परिसूचक शुन्य दशमलव ८,२ प्रतिशत बढ्यो ।४७.गत साताको अन्तिम कारोबार दिन एक हजार ३ सय ३३ दशमलव ६९ विन्दुमा बन्द भएको नेप्से यस साताको अन्तिम कारोबार दिन एक हजार ३ सय ४४ दशमलव ५ , ९ विन्दुमा ।४८.यो साता नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरुको शेयरहरुमा लगानीकर्ताहरु भएका छन् आकर्षित ।४९.नेप्से परिसूचक बढेपनि साताको कारोबार रकम भने अघिल्लो साताको तुलनामा ९ प्रतिशत गिरावट ।५०.१८२ कम्पनीको ६ अर्ब ७० करोड ७५ लाख रुपैयाँ बराबरको करोड ६६ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री ।५१.मह उतपादनका लागि नमुना जिल्ला मानिएको डडेल्धुरामा यो वर्ष ६० प्रतिशतले कमी ।५२.मह काड्ने समयमा हिउँदे झरीका साथै मौरीमा रोग लागेपछि उत्पादनमा कमी भएको मह कृषकको भनाइ ।५३.मह उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाउँपालिकाका किसान उत्पादनमा कमी आएसँगै चिन्तित ।५४.मह बिक्रि गरेर नै घर खर्चदेखि छोराछोरीको पढाई खर्च गर्ने गरेको भएपनि उत्पादनमा कमी भएपछि किसानलाई घरखर्च चलाउन पिरलो ।५५.गतवर्ष २० किलोसम्म मह बिक्री गर्ने किसानले यो वर्ष एक किलो पनि बिक्री गर्न नपाएको गुनासो ।५६.मह उत्पादन कम भएपछि यो वर्ष मूल्य समेत बढ्यो ।५७.२७ वाणिज्य बैंकहरुद्वारा चालू आर्थिक वर्षको छ महिनाको अवधिमा ३३ अर्ब नौ करोड ४७ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन सफल ।५८.बैंकहरुले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब रुपैयाँले बढी ।५९.गत आर्थिक वर्षको सोही अवधिमा २८ बैंकहरुले ३० अर्ब छ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको गरेका थिए खुद मुनाफा ।६०.कञ्चनपुरको महाकाली अस्पतालद्धारा सुदुरपश्चिममै पहिलो पटक विस्तारित स्वास्थ्य सेवा इएचएस सञ्चालनमा ।६१.सेती अस्पताललाई सुदूरपश्चिम प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई सुदुरपश्चिम उपप्रादेशिक अस्पतालको रुपमा स्तरोन्नती गर्न विभिन्न सेवा थपिँदै ।६२.अस्पतालहरुका सेवा सुविधा र यसको विस्तारका लागी प्रदेश सरकार पनि सक्रिय ।६३.सरकारी अस्पतालको प्रगतिको बाधक नै सरकारी निति भएको महाकाली अस्पताल समितिका अध्यक्ष कृष्णदत्त जोशीको गुनासो ।६४.संखुवासभको चैनपुर नगरपालिका १ दोभानेबाट सकेट बम ,रेडबुल बम र बिभिन्न कागजातहरु सहित ५ जना पक्राउ ।६५.पक्राउ पर्नेमा चैनपुरका सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरीका एलिना राई, भोजपुरका प्रभा तामाङ र ताप्लेजुङका निमनेम्बा शेर्पा ।६६.संखुवासभा चैनपुर नगरपालिका ३ मा एनसेलको इन्भर्टरमा गत माघ १२ गते राति कुकर बम पड्काई आगजनी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ ।६७.पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका ४ का अजित राई र समिन राई ।६८.बाँके, नेपालगंज उपमहानगरपलिका १५ बाट लागूऔषध ब्राउनसुगर सहित जुम्लाका योगेन्द्र मल्ल र हरि थापा पक्राउ ।६९.मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट ३३ किलो ६ सय ग्राम लागूऔषध गाँजा सहित भारतका भगवान यादव पक्राउ ,फरार ४ जनाको खोजी जारी ।७०.काठमाडौं, मनमैजु डेरा गरी बस्ने नुवाकोटका दिनेश पन्तको कोठामा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई नगद ६ लाख २५ हजार रुपैयाँ सहित पक्राउ ।७१.पाल्पा, रामपुर नगरपालिका ५ रानाटोलका रुद्र कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १४ जना ,नगद १ लाख ३ हजार २ सय ८५ रुपैयाँ सहित पक्राउ ।७२.काठमाडौं, चितवन, झापा, कैलाली, मोरङ, मकवानपुर, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु ।७३.काठमाडौंमा बा.३ ख ५१३४ नम्बरको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरी नगरपालिका ३ का साइरस गिरीको मृत्यु ।७४.चितवनमा ना.२९ प ८८४५ नम्बरको स्कुटर र ना.५२ प ८५६७ नम्बरको मोटरसाइकल ठक्कर खाँदा स्कुटरका चालक दिबाकर घिमिरेको मृत्यु ।७५.कैलालीमा से.७ प ४०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढीका पदम निधी पण्डितको मृत्यु ।७६.मोरङमा को.३७ प १७ नम्बरको मोटरसाइकल र को.३४ प ६६०२ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा बिशाल खत्री र अर्पण गुरागाईको मृत्यु ।७८.मोरङमा को.१ ख ७३०९ नम्बरको टिपरले मोटरसाइकललाइ ठक्कर दिदाँ हरेराम साह र मोहमद अजिर राईनको मृत्यु ।७९.मकवानपुरमा ना.६ ख २३७ नम्बरको ट्रक दुर्घटना हुँदा रुपन्देहीका अक्बर खानको मृत्यु ।८०.सिरहामा ना.५ ख ४९९२ नम्बरको बसले ज.११ प ६३६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सुफिलाल यादवको मृत्यु ।८१.सिन्धुलीमा ना.३ त ३८९७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री ४ वर्षीया यस्तर वाईबाको मृत्यु ।८२.मकवानपुरमा बिरही सिंह न्यासुरको गोठमा आगलागी हुँदा दुवै गोठ पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।८३.मोरङमो अर्जुन सुबेदीको गोठमा आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।८४.काठमाडौ टोखामा तेह्रथुमका महेन्द्र बिश्वकर्माको ईन्द्रदेवी सुनचाँदी पसलबाट करिब २ लाख ३४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी ।८५.मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु ।८६.मृत्यु हुनेमा ९ जना सैनिक जवान पनि रहेको अधिकारीहरुहरुद्वारा जानकारी ।८७.उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीको भनाइ ।८८.द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारको भनाइ ।८९.अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाद्धारा हाइटीमा सञ्चालीत अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु ।९०.६० बालबालिका भने आगलागीबाट बाँच्न सफल ।९१.नेपाल क्रिकेट संघ (क्यान)द्धारा थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा ।९२.क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको गरेको हो घोषणा ।९३.प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिङ्गापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्ने ।९४.कोराना भाइरसका कारण चीन, भूटान र म्यानमार एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सहभागी नहुने ।९५.पॉचौ प्रधानसेनापति म्याराथुन दौड सम्पन्न ।९६.विगत पॉच बर्षदेखि सैनिक दिवसका अवसरमा आयोजना हुंदैं आएको प्रधानसेनापति म्याराथुन भएको हो सम्पन्न ।९७.प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्नु भएको थियो म्याराथुनको शुरुवात ।९६.सैनिक अधिकृतका लागि भएको १० किलोमिटर दौडमा प्रधानसेनापति, बलाधिकृत तथा अधिकृतहरु भएका थिए सहभागी ।९८.राष्ट्रिय महिला टोली एवं एपिएफकी फरवार्ड सावित्रा भण्डारी भारतीय महिला लिग मा बनिन सर्वाधिक गोलकर्ता ।९९.सावित्राद्वारा ७ खेलमा १६ गोलको योगदान, सर्वाधिक गोलकर्ता बनेकी सावित्राले पाइन भारतीय १ लाखरुपैयाँ ।१००.शुक्रबार फाइनलमा सावित्राको निर्णायक गोलमा गोकुलम केराला एफसीले क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै बनेको थियो च्याम्पियन ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६ ०३:४६