बसपार्कबाट मध्यराति अनैतिक कार्य गरिरहेका ५७ पक्राउ

काठमाडौं । नयाँ बसपार्कको विभिन्न होटलबाट अनैतिक कार्य गरिरहेका ५७ जना प्रहरीले मध्यरातमा पक्राउ गरेको छ । बसपार्क शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा शनिबार राति ५७ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा सानुकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङलगायत छन् । नियन्त्रणमा लिईएका सानुकाजी जबरर्जस्ती करणीका फरार अभियुक्त हुन् । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको डीएसपी लम्सालले जानकारी दिएका छन् । अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा समेत नष्ट गरेको छ ।

प्रहरीले पछिल्लो पटक गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न शुद्धीकरण अभियान चलाउँदै आएको छ । जसअन्तर्गत यसअघि दर्जनौं पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…