सञ्चारकर्मी भुसालद्वारा आत्महत्या

कपिलवस्तु । कपिलवस्तुमा एक सञ्चारकर्मीले विष सेवन गरेर आत्महत्या गरेका छन् । रेडियो बुद्धआवाज र बुद्धआवाज टिभीमा कार्यरत सञ्चारकर्मी कृष्ण भुसालले विष सेवन गरी आत्महत्या गरेका हुन् ।
जिल्लाको वाणगंगा ११ हथौसाका भुसालले बिहान मात्र विष सेवन गरेको थाहा भएपछि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि उनलाई बुटवल रिफर गरिएको थियो । तर अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनले के कारणले विष सेवन गरेका हुन् पृष्टि भैसकेको छैन । भुसाल सञ्चारकर्मीलगायत शिक्षण पेशामा पनि आवद्ध थिए । भुसालकाे पत्नी र एक छोरी