Logo माघ ९, २०७७ शुक्रबार


जापानमा एकैदिन ७५ कोरोना भाइरस संक्रमित भेटिए

टोकियो । जापानमा एकैदिन ७५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाइरसको संक्रमण पाइएको छ । यसैगरी योकोहामा पोर्टमा रहेको पानीजहाजमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पानी जहाजमा भेटिएका २ सय ८५ र अन्य स्थानमा भेटिएका समेत गरी जापानभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३ सय २६ पुगेको छ । हालसम्म जापानभित्र एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने चीनमा समेत एक जापानीले ज्यान गुमाएका छन् ।

कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा १६ जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।

बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुआत पनि गरेको छ ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्राडा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल हनुहुन्छ ।

गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ…