धनगढीमा विश्व साहित्य सम्मेलन र महोत्सव हुने

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी संघ कैलाली र सुदूरपश्चिमाञ्चल साहित्य समाजको संयुक्त आयोजनामा फागुन १४ देखि २० गतेसम्म महोत्सव गर्न लागिएको हो ।

सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले  महोत्सव आयोजना गरिएको होटल संघ कैलालीका अध्यक्ष कलम बमले बताउनुभयो । महोत्सवमा २५ प्रदर्शनी स्टल रहने छन् । स्टलमा स्थानीय रुपमा उत्पादित सामान मात्र राखिने छ ।

महोत्सवमा स्थानीय खानाका परिकार समेत राखिने आयोजकले जनाएका छन् । महोत्सवमा १ हजार लिटरको भाडामा फाणो पकाउने तयारी समेत गरिएको छ ।  महोत्वसको बेला धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलन हुनेछ । त्यसको लागि तयारी तीब्र पारिएको सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो ।

सम्मेलनमा २ सय बढी साहित्यकार सहभागी हुने  अध्यक्ष जोशीले बताउनुभयो । सम्मेलनमा भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेश लगायतका राष्ट्रबाट साहित्यकार आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…