इस्लामिक ‘इज्तिमा’मा सहभागी खचाखच, २ जनाको मृत्यु

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् । ‘इज्तिमा’मा सहभागी हुन आएका दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

शनिवारदेखि शुरू भएको सम्मेलनमा सहभागी हुन आएका विहार मोतिहारी ग्रामका ७४ वर्षीय हारुन रसिक र अर्का विरपुरका एक जना गरी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले हृदयघातका कारण दुवै जनाको मृत्यु भएको जानकारी दिनुभयाे  ।

सोमबारसम्म चल्ने सम्मेलनमा नेपाल भारतका झण्डै ३ लाख मुस्लिम समुदायको सहभागिता रहेको छ । सम्मेलनमा भारतको नयाँ दिल्लीका विश्व साद साहाब जमातका अध्यक्ष धर्मगुरु मौलाना साद साहाब, नेपाली जमातका अध्यक्ष मो.निसारुद्दिन लगायतका धर्मगुरुबाट प्रवचन वाचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …