आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघबीच सोमबार बिहान झडप भएको हो ।

आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा झडप भएको बताइएको छ । नेविसंघले आफ्ना विद्यार्थीमाथि कुटपिट भएको आरोप लगाएको छ । नेविसंघले आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको बताएकाे  छ भने अनेरास्ववियुका सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपानेलगायत घाइते भएका छन् ।

उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघका पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…