गोलबजार तेस्रो मेयर गोल्डकप हुँदै

सिरहा । गोलबजार तेस्रो मेयर गोल्डकप फागुन ७ गतेबाट शुरु हुने भएको छ । गोलबजार नगरपालिकाको सहयोग र प्रतिभा संरक्षण क्लवको आयोजनामा हुन लागेको तेस्रो मेयर गोल्ड कप फुटबल प्रतियोगिता फागुन ७ गतेबाट हुने बताइएको हो ।

प्रतियोगीतामा देशभरका आठवटा टिम भिड्ने भएका छन् । स्थानीय फुटबल खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिभाको रुपमा विकास गर्ने प्रतियोगिताको उद्देश्य रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । गोलबजार नगरपालीकाले फुटबल, करातेलगाएतका खेलहरुलाई महत्वको साथ हेरीरहेको र यस्ता खेलाडीहरुको स्तरोन्नतीको लागि नगरपालिका सँधै सकारात्मक रहेको बताइएको छ ।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले नगरले १४ लाख ६५ हजार र आयोजकले बाँकी रकम अन्य क्षेत्रबाट जोहो गरी करिब २७ लाख ३ हजार लागतमा खेल सम्पन्न गर्न लागिएको बताउनभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख नगद र दोस्रो हुनेलाई एक लाख ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष संजिव महराले जानकारी दिनुभयो ।

प्रतियोगितामा जलथल एफ.सी. हल्दीवारी, झाप, चर्च ब्वाईज क्लव, काठमाडौं, एफ.सी. मुण्डियाल, हेटाैँडा, बागमती फुटवल क्लव, सर्लाही, २७ नं. वाहिनी अड्डा, चोहर्वा, सिरहा, आयोजक र गोलबजार स्पोर्टस् क्लवको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…