भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाल, आजै सपथ

पुष्पराज अधिकारी
हेटौँडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाल नियुक्त हुनुभएको छ । मन्त्रीमा नियुक्त हुनुभएका फुँयाललाई साेमबार साँझ पाँच बजे प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाईँले सपथ खुवाउने तयारी रहेको छ ।

मन्त्री फुँयालको सपथ ग्रहणका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले जानकारी दिनुभयो । यसअघि माघ २९ गते मन्त्रीको सपथ खुवाउने तयारी गरेपनि नेकपा प्रदेश कमिटी र मुख्यमन्त्रीबीचको विवादले अन्तिम समयमा आएर फुँयालको सपथ ग्रहण रोकिएको थियो ।

सोमबार पनि सपथ ग्रहण गर्ने विषयमा प्रदेशसभा सदस्यलाई जानकारी गराइएको छैन । सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा सबै तयारी भइसकेको श्रोतले जानकारी दिइएको छ । बाहिर कुरा लिक हुने डरले मुख्यमन्त्री निकटका केही व्यक्तिबाहेक यो विषय बाहिर ल्याइएको छैन ।

मुख्यमन्त्रीले समाल्दै आउनुभएको मन्त्रालय फुँयालले समाल्ने भएपछी भौतिक पूर्वाधार मन्त्रालयमा १२ बजेसम्म बसेर बाँकी रहेका सबै काम मुख्यमन्त्री डोरमणी पौडेलले गरिसक्नुभएको छ । फुँयालले मन्त्रीको रुपमा सोमबार सपथग्रहण गर्ने र मंगलबारदेखि मन्त्रालय सम्हाल्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…