काठमाडौं । लेनिनले भन्नु भएको छ, हजारौँ छर्राले नढलेकाे एक योद्धा यौनको लालसाले ढल्ने गर्छ । विश्वका कयौँ कम्युनिष्ट पार्टीका नेता यौन अग्निको सिकार भएका छन् । नेपालमा पनि कम्युनिष्ट आन्दोलनको आलोकमा नेकपाको दुई तिहाइको बहुमतको सरकार तेस्रो वर्षमा दौडिरहँदा ‘सांस्कृतिक विचलन’ नदेखिएको होइन । संसारमा यौन दुव्र्यवहारको आरोप लगाउन नसके पनि विद्रोह स्वरुप ‘मि टु’ मात्रै लेख्ने स्वतन्त्रता छ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले असोज १२ गते लगाएको संगीन आरोपमा फागुन ५ गते अर्थात् सोमबार फैसला भएको छ कि, महरा अर्थात् हेडसर निर्दोष सावित हुनु भएको छ ।
दुई तिहाइको सरकार निर्माण, माओवादी जनयुद्धमा नेतृत्वसँगै संविधान निर्माणमा ‘हेडसर’ अर्थात् महराको योगदान हामी बिर्सन सक्दैनौँ । पार्टीले त जनताको आवेग थेग्न नसकेर सांसद पनि छाड भनेको महरा अदालतबाट निर्दोष सावित हुनु भएको छ । राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीस जस्तै ‘सम्माननीय’ सभामुखबाट बहिर्गमन हुँदै माननीय सांसदमा सीमित कृष्णबहादुर महराको आगामी राजनीति कसरी अघि बढ्ला ? अदालतले त निर्दोष भनेको छ । महराले राजनीतिमा क्षतिपूर्ति पाउनु होला कि नपाउनु होला ? नेकपाले महरालाई अब कुन दर्जाको नेता बनाएर प्रस्तुत गर्ला ?
काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई निर्दोष सावित गरेको छ । आरोपीको बयान र अन्य फोरेन्सिक ल्याब टेस्टमा महरा दोषी सावित हुनुभएन । त्यसैले महरा ३ महिना २० दिन पुर्पक्ष थुनापछि आरोपमुक्त भएर घर फर्कनु भएको छ । अदालतले निर्दोष सावित गरे पनि महराको सभामुख भने साथीभाइले हत्याइसक्नु भएको छ । महराले पनि बिर्सन नसक्ने अवस्थामा छ ‘फर्गेट यस्टर्डे ।’ हिजोको एउटा सानो घटनाले महराको राजनीति आवरण चक्नाचुर भएको छ ।
असोज १२ गते संसद सचिवालयकै कर्मचारी रोशनी शाहीको युट्युब् अन्तरवार्ता आएपछि राजनीतिमा अर्कै चर्चा भयो । यही अन्तरवार्तापछि सभामुख कृष्णबहादुर महराले असोज १४ गते सभामुखबाट राजीनामा दिनु प¥यो । सरकारी निवासबाटै पक्राउ पर्नु पर्यो । ३ महिना २० दिन जेल बस्नु । के थियो आरोप र के कस्तो राजनीतिक हुलदंगा भएको थियो त्यतिखेर ? महरा, माओवादी शान्तिमार्गमा आउने क्रममा वार्ता टोलीका नेता हुँदै नेकपा माओवादीका प्रवक्ता हुनु भयो । सरकारमा आएपछि त नेपाल सरकारकै प्रवक्ता हुनुभयो । त्यतिमात्र होइन,
राजनीतिमा अनेक लाभका पदमा लगातार पुग्ने र माओवादीमा पुष्पकमल दाहालपछिका नेतृत्वकै रुपमा अघि सारिएका थिए महरा । महराको राजनीति एकपटक सम्झना गरौँ । नेपाली कम्युनिष्ट आन्दोलनलाई यो उचाइसम्म पु¥याउने काममा समादरणीय हेडसर अर्थात् कृष्णबहादुर महराको अतुलनीय योगदान छ । तर कम्युनिष्ट आचरणमा बस्नु टायरमा गुच्चा हानेजस्तो सामान्य होइन । विगतमा शाहज्यादाहरुले मच्चाएजस्तो ताण्डव मच्चाउने हक समाजवादको यात्रामा बटुवा होइन, बाटो बनिरहेकाहरुलाई हुने छैन ।
सन १९६५ अघि पनि क्रुश्चेभले स्टालिनलाई भन्न सकेका थिएनन् । जब स्टालिनको मृत्यु भयो, त्यसपछि स्टालिनलाई गडफादर मान्ने क्रुश्चेभले नै भने : स्टालिन भ्रष्ट हुन्, अपराधी हुन्, हत्यारा हुन्, पिपासु हुन् । कहिलेकाहीँ कोही यस्तो शक्तिशाली बनिदिन्छ कि नमरुन्जेल आलोचना पनि बर्जित हुन्छ । तर नेपाली राजनीति २१ औँ शताब्दीको नवीनतम अभ्यासमा छ । यहाँ कोही कसैलाई शक्तिका आडमा छुट छैन ।
महरा अदालतबाट निर्दोष भएर घर फर्किँदा सांसद पद बहालै छ । महरासँगै उपसभामुख भएका डा. शिवमाया तुम्बाहाम्फे केपी शर्मा ओली सरकारको नवौँ मन्त्रिमण्डल विस्तारमा कानुनमन्त्री हुनु भएको छ । उपसभामुखले कानुनमन्त्री पाइरहँदा संगीन आरोपमुक्त महराको राजनीतिक यात्राका लागि सत्तारुढ नेकपा नेतृत्व चैँ अब नरम हुन्छ कि हुँदैन ? महरामाथि अन्याय भए महराले बोल्नुहुनेछ, महरा राजनीतिमा आसालाग्दा पात्र भए महराविना सत्ताचास्नीमा रहिरहन्छु भन्नेलाई महराले कतै आफ्नो शक्तिको कुहिनो बजार्दा संकट पो आइलाग्छ कि, या अबको राजनीतिक घटनाक्रम कस्तो होला ?
बलात्कारको आरोप लागेपछि पार्टीले महरालाई सभामुख छोड्न निर्देशन दियो । पार्टीको निर्देशन पालना गर्दै महराले सभामुखबाट राजीनामा दिए । राजीनामामा उनले आफूमाथि लागेको आरोप अनुसन्धान गर्न सजिलो होस् भनेर छानविन प्रक्रिया चलिरहँदासम्मको लागि सभामुखबाट राजीनामा दिएको उल्लेख गरेका थिए । राजीनामाको व्यहोरा यदि आरोप प्रमाणित भए सजाय भोग्ने तर नभए सभामुख पदमा फेरि फर्कने भन्ने आशयसहितको हो । महरामाथि लागेको आरोप प्रमाणित भएन, त्यहीकारण अदालतले उनलाई सफाइ दिएको छ । महराले अदालतबाट सफाइ त पाएका छन् तर विगतमा उनले सम्हालेकाे सभामुख पद फुत्किसकेको छ । सभामुखमा महराकै राजनीतिक सहकर्मी अग्नि सापकोटा विराजमान भइसकेका छन् । महराले सभामुख पद केही समयको लागि छोडेका थिए । तर उनी थुनामुक्त हुँदा सभामुख पद गुमिसकेको छ ।
बलात्कारको आरोपमा मुद्दा चलिरहेको बेला महरा प्रतिनिधिसभा सदस्यबाट समेत निलम्बित अवस्थामा थिए । तर अदालतले सफाइ दिएपछि भने उनको सांसद पद कायम भएको छ । प्रतिनिसधसमा बैठकमा उनी सहभागी हुन पाउँछन् । समाजमा सांसदको भूमिका निर्वाह गर्न पाउँछन् महरा रिहा भएको भोलि पल्ट आज प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा उनी सहभागी हुन पाउँछन् । तर आजको बैठकमा उनी सहभागी हुने नहुने निश्चित भइसकेको छैन । बलात्कार आरोप लाग्नुअघिसम्म महराले संसदको नेतृत्व गर्दै आएका थिए । सांसदहरु उनकै ह्वीपमा चल्नु पथ्र्यो । साढे ४ महिना प्रहरी हिरासतमा बसेर फर्केका महरालाई अब ती दिन सम्झना मात्रै भएको छ । संसदमा अब उनको ह्वीप चल्ने छैन । संसदमा अब उनको ताली मात्र चल्ने छ ।
महरा सभामुख हुँदा डा. शिवमाया तुम्बाहाङ्फे उपसभामुख थिइन् । महराले सभामुख गुमाउँदा उनले पनि उपसभामुख छोड्नु परेको छ । उपसभामुख छोडेकी तुम्बाहाङ्फेलाई न्याय गर्न पार्टीले न्याय मन्त्रालय नै दिएको छ । महराले अदालतबाट सफाइ पाएका छन् । तुम्बाहाङ्फेलाई उपसभामुखको सट्टा मन्त्ती दिने नेकपाले महरालाई अब कुन पद देला ? राजनीतिमा यो चासोको विषय बनेको छ । ‘महराले अदालतबाट त सफाइ, अब पार्टीबाट के पाई ? नेकपाभित्र उनको हितैषीहरुले प्रश्न गर्न थालेका छन् ।
यो पनि पढ्नुस्https://45.77.241.73/2020/02/169424